बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रबाट ऋण उठाउन सुरु

मङ्गलबार, २५ कात्तिक २०८२, १० : १२
मङ्गलबार, २५ कात्तिक २०८२

सारांश

  • सरकारले नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रबाट ऋण उठाउन सुरु गरेको छ।
  • यी बचतपत्रहरूको अवधि ५ वर्षको हुनेछ, जसमा नागरिक बचतपत्रको ब्याजदर ६.५ प्रतिशत र वैदेशिक रोजगार बचतपत्रको ७.५ प्रतिशत तोकिएको छ।
  • लगानीकर्ताले मंसिर २८ गतेसम्म आवेदन दिन सक्नेछन्, र रकम बाँडफाँट नभएसम्म खातामा रोक्का रहनेछ।

काठमाडौँ । सरकारले नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रबाट ऋण उठाउन सुरु गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले मंगलबार यी बचतपत्र निष्कासन गर्दै आवेदनका लागि सार्वजनिक आह्वान गरेको हो । दुवै प्रकारको बचतपत्रको अवधि ५ वर्षको हुनेछ ।

कार्यालयले २ अर्ब ५० करोड रुपैयाँ बराबरको नागरिक बचतपत्र र ५० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र निष्कासन गरेको जनाएको छ । नागरिक बचतपत्रकाे ब्याजदर ६.५ प्रतिशत र वैदेशिक रोजगार बचतपत्रको ब्याजदर ७.५ प्रतिशत हुनेछ ।

यसका लागि मंसिर २८ गतेसम्म नेपाली नागरिक र गैर आवासीय नेपालीले आवेदन दिनसक्ने जनाइएको छ । यसका लागि लगानीकर्ताले कार्यालयको वेभसाइटमा गई आवेदन दिनुपर्ने र त्यस्तो आवेदकलाई बजार निर्माताले रुजु गर्नुपर्ने व्यवस्था गरिएको छ ।

यस्तो रकम बाँडफाँट नभएसम्म व्यक्तिको खातामै रोक्का रहनेछ । बाँडफाँट भएको दिनदेखि तोकिएको दरमा ६र६ महिनामा ब्याज प्रदान गरिने कार्यालयले जनाएको छ ।

सरकारले बजेटमा व्यवस्था गरेको आन्तरिक ऋणको औजारको रुपमा नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रलाई समेत लिने गरेको छ । ट्रेजरी बिल र विकास ऋणपत्रमार्फत् बैंक तथा वित्तीय संस्थासँग ऋण लिने गरिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप