नेपाली विद्यार्थीले बिना धितो १ लाख डलरसम्मको शैक्षिक ऋण पाउने
सारांश
- अमेरिकी संस्था एमपावर फाइनान्सिङले नेपाली विद्यार्थीलाई बिना धितो १ करोड ३० लाख रुपैयाँसम्मको शैक्षिक ऋण दिने भएको छ।
- यो ऋण स्नातकोत्तर तहका विद्यार्थीहरूका लागि हो, जसले सम्पत्ति धितो वा जमानी बिना नै ऋण लिन सक्नेछन्।
- एमपावर फाइनान्सिङले विद्यार्थीको आम्दानी क्षमता र विश्वविद्यालयको आधारमा ऋण दिनेछ, जसले गर्दा धेरै विद्यार्थीलाई फाइदा हुनेछ।
काठमाडौं । नेपाली विद्यार्थीले विदेशमा पढ्न अब धितोको झन्झट झेल्न नपर्ने भएको छ । नेपालमै पहिलोपटक, एमपावर फाइनान्सिङ नामक अमेरिकी संस्थाले स्नातकोत्तर अर्थात् पोस्टग्राजुएट तहका विद्यार्थीका लागि बिना धितो र बिना जमानी अधिकतम अमेरिकी डलर १ लाख (झन्डै १ करोड ३० लाख रुपैयाँ) सम्मको शिक्षा ऋण सुविधा ल्याएको छ ।
कुनै पनि सम्पत्ति धितो राख्नुपर्ने वा कोसाइनर (ग्यारेन्टर) खोज्नुपर्ने झन्झटबिनै अन्तर्राष्ट्रिय शिक्षा ऋण पाउन सक्ने भएका छन्।
पछिल्ला वर्षहरूमा अमेरिकामा अध्ययन गर्न जाने नेपाली विद्यार्थीको संख्या बढ्दो क्रममा छ । हाल ३२ हजारभन्दा बढी नेपाली विद्यार्थी अमेरिकी विश्वविद्यालयहरूमा अध्ययनरत छन् । यो संख्या एकै वर्ष ४२ प्रतिशतले वृद्धि भएपछिको हो । यति हुँदा हुँदै अझै पनि धेरै परिवारका लागि विदेशमा पढाइको खर्च जुटाउनु सबैभन्दा चुनौतीपूर्ण छ ।
नेपालका परम्परागत बैंक तथा वित्तीय संस्थाले प्रायः जग्गा–जमिन धितो राख्नुपर्ने वा अमेरिकामा जमानी खोज्नुपर्ने सर्त राख्ने गर्छन्, जसले धेरै योग्य विद्यार्थीलाई ऋण लिन कठिन बनाउँछ । यही समस्यालाई समाधान गर्न वाशिङ्टन डी.सी.स्थित एमपावर फाइनान्सिङ अघि सरेको हो ।
एमपावर फाइनान्सिङको मूल्याङ्कन प्रणाली परम्परागत भन्दा फरक छ । यसले विद्यार्थीको पैतृक र पारिवारिक सम्पत्तिमाथि होइन, उनको विश्वविद्यालय प्रवेश, अध्ययन क्षेत्र र भविष्यको आम्दानी क्षमतालाई ध्यानमा राखेर शैक्षिक ऋण प्रदान गर्छ । यही कारणले गर्दा एमपावर फाइनान्सिङले बंगलादेश, पाकिस्तान र अफ्रिकाका २० हजारभन्दा बढी विद्यार्थीलाई शैक्षिक ऋण उपलब्ध गराइसकेको छ । अब यो सुविधा नेपाली विद्यार्थीका लागि पनि खुला भएको संस्थाले प्रेस विज्ञप्तिमार्फत् जनाएको छ ।
संस्थाका अनुसार विद्यार्थीहरूले दुई हजार एक अमेरिकी डलरदेखि एक लाख डलरसम्मको ऋणका लागि आवेदन दिन सक्छन् । जसमा ट्युसन शुल्क मात्र होइन, बसोबास तथा अन्य खर्चहरू पनि समेटिन्छ । आवेदन प्रक्रिया पूर्ण रूपमा डिजिटल रहेको साथै स्थिर ब्याजदर र पारदर्शी भुक्तानी योजना रहेकाले विद्यार्थी र अभिभावकलाई खर्च व्यवस्थापनमा स्पष्टता र सहजता प्रदान गर्ने संस्थाको विश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण