इन्टरनेटले प्रौढ नागरिकलाई उग्र–दक्षिणपन्थी बनाउँदैछ
सारांश
- सामाजिक सञ्जालको प्रयोग घट्दै गएको छ, तर ६५ वर्ष माथिका मानिसहरूमा भने यो प्रवृत्ति फरक छ।
- सामाजिक सञ्जालमा 'स्लप' र 'ब्रेन रट' जस्ता बेकारका सामग्री बढ्दै जाँदा प्रयोगकर्ताको मानसिक स्वास्थ्यमा नकारात्मक असर परेको छ।
- वृद्धवृद्धाहरूमा अनलाइनमा बिताउने समय बढेको छ र उनीहरू गलत सूचनाप्रति बढी आकर्षित भइरहेका छन्।
डिजिटल दुनियाँको मुख्य कुरा भनेकै ध्यानाकर्षण हो । यसको पूरै प्रणाली मानिसहरूको ध्यानमा आधारित भएर चलेको हुन्छ । स्क्रिनमा गरिने हरेक क्लिकले कसैको आय आर्जन गराइरहेको हुन्छ । आजको दिनमा हाम्रो सामाजिक सञ्जालका भित्ताहरू ‘एआई’बाट उत्पादन गरिएका सनसनी र मिथ्या सूचनाले भरिभराउ छन् ।
‘फाइनान्सियल टाइम्स’ले केही अघि प्रकाशन गरेको रिपोर्ट अनुसार सामाजिक सञ्जाल प्रयोगको प्रवृत्ति उच्चतम अवस्थामा पुगेर अब घट्न थालेको भनिएको छ, तर ६५ वर्ष माथिका व्यक्तिहरूको हकमा भने तथ्याङ्क फरक छ ।
निरन्तर स्क्रिनलाई सार्न मिल्ने (स्क्रोल गर्न मिल्ने) बनाउने प्रविधि मोजिल्ला कम्पनीको युजर डिजाइन हेर्ने शाखाका पूर्वप्रमुख अजा रश्किनले तयार गरेका हुन् । यसरी निरन्तर अनन्तकालसम्म स्क्रोल गर्न मिल्ने बनाएपछि सामाजिक सञ्जालहरू नरोकिइकन लगातार सामग्री (कन्टेन्ट)हरू देखाइराख्न सक्ने भए । स्क्रिनमा स्क्रोल गर्दै जाँदा आफैँ नयाँ–नयाँ सामग्री देखिन सक्ने भयो ।
त्यसपछि स्क्रिन स्क्रोल गर्ने काम असाध्यै लत लाग्ने खालको बन्न सम्भव भयो । अत्यधिक सामाजिक सञ्जालको प्रयोग गर्ने प्रवृत्तिको विकास हुन थाल्यो । यसबारे धेरै मनोवैज्ञानिक अनुसन्धान पनि भएका छन् । अनुसन्धानहरूले अत्यधिक ‘स्क्रिन स्क्रोल’ र बढ्दो मानसिक चिन्ता एवं पीडाबिच सोझो सम्बन्ध देखाएका छन् । निरन्तर ‘स्क्रिन स्क्रोल’को प्रविधिको विकास गर्ने रश्किन आफैँ पनि दिमागमा यसले पार्ने प्रभावबारे प्रस्ट छन् ।
सामाजिक सञ्जालमा ‘स्लप’ भनिने बेकारका कन्टेन्टहरू भरिँदै जाने तथा ‘ब्रेन रट’ भनेर जनाउन थालिएको मानिसको मस्तिष्कलाई कमजोर बनाउँदै जाने अवस्था सिर्जना हुन थालेको छ ।
एउटा अन्तर्वार्तामा उनले भनेका छन्, ‘एउटा डिजाइनरको रूपमा मलाई के थाहा छ भने स्क्रिनमा चलाउँदै गर्दा तपाईंको रोकिने चाहनालाई हटाइदिने हो भने तपाईंलाई मैले चाहेकै जस्तो गराउन सम्भव हुन्छ ।’ साथै उनले आफ्नो आविष्कारले मानिसहरूलाई पुर्याएको असरबारे माफीसमेत मागेका छन् ।
सामाजिक सञ्जालमा ‘स्लप’ भनिने बेकारका कन्टेन्टहरू भरिँदै जाने तथा ‘ब्रेन रट’ भनेर जनाउन थालिएको मानिसको मस्तिष्कलाई कमजोर बनाउँदै जाने अवस्था सिर्जना हुन थालेको छ । प्रविधि सम्बन्धी लेख्ने कोरी डक्टरोका अनुसार वाहियात कुराहरूले भरिँदै गरेको सामाजिक सञ्जाल जसलाई उनले ‘एनशिटिफिकेसन’को संज्ञा दिएका छन्, त्यसबाट मानिसहरू बाहिरिने क्रम पनि बढ्दै गएको छ ।
पत्रकार तथा तथ्यांक विश्लेषक जोन बर्न–मुर्डाेकका अनुसार सामाजिक सञ्जालको प्रयोग सन् २०२२ मा चरम अवस्थामा पुगेको थियो । त्यसपछि विकसित मुलुकहरूमा वयस्कहरूले सामाजिक सञ्जालमा बिताउने समय घट्दै गएको छ । सन् २०२२ यतामात्रै यो दर १० प्रतिशतले घटेको छ । औसतमा मानिसहरू हरेक दिन २ घण्टा २२ मिनेट सामाजिक सञ्जाल हेरेर बस्ने गरेको तथ्यांक छ ।
आश्चर्यको कुराचाहिँ अहिले सामाजिक सञ्जालबाट बाहिरिने धेरैजसो युवा छन् । गत वर्ष अनुसन्धान संस्था ‘प्यु रिसर्च सेन्टर’ले गरेको अध्ययनमा नवयुवाहरूमा सामाजिक सञ्जालबारे आलोचनात्मक दृष्टिकोण प्रचुर मात्रामा पाइएको थियो ।
धेरै जना त आफ्नो जीवननै अनलाइनमै बित्ने हो कि भनेर चिन्तित रहेको पाइएको थियो । अनुसन्धानमा ४५ प्रतिशतले आफू आवश्यकभन्दा बढी सामाजिक सञ्जालमा झुम्मिएको ठान्ने गरेको पाइएको थियो । यस्तो आम प्रवृत्तिमा एउटा अपवाद छ । ६५ वर्ष नाघेकाहरू अत्यधिक धेरै ‘अनलाइन’ हुने गरेको पाइएको छ ।
‘द इकोनोमिष्ट’मा प्रकाशित एउटा रिपोर्ट अनुसार ‘स्क्रिन एडिक्सन’ अर्थात् अत्यधिक स्क्रिन हेर्ने लतको उपचार गर्न स्वास्थ्य केन्द्रमा आउनेमा धेरैजसो वृद्ध छन् । उनीहरूको संख्या बढ्दै गएको छ । बेलायती संस्था अफकमले प्रकाशित गरेको प्रतिवेदन अनुसार ६५ वर्ष नाघेका व्यक्तिहरू औसतमा हरेक दिन ३ घण्टा अनलाइन बस्ने गरेको पाइएको छ ।
वामपन्थी राजनीतिज्ञहरू वृद्धहरूलाई असर पार्दै लगेको यस्तो सामाजिक अलगावसँग जुध्न खोज्दैछन्, तर युवा र प्रौढहरूबिच रहेको बढ्दो दुरीले यस्तो परियोजनालाई झन् असहज बनाउँदै लगेको छ ।
अझ चिन्ताजनकचाहिँ उनीहरूले हेर्ने सामग्रीको स्वरुप हो । इन्टरनेटमा जताततै भेटिने नश्लीय तथा लैङ्गिक रूपमा सनसनीपूर्ण सामग्रीबाट सूचना र समाचार ग्रहण गर्ने मामलामा ६५ वर्ष नाघेका व्यक्तिहरूको अन्य उमेर समूहको तुलनामा दोब्बर मात्रामा आकर्षित भएको पाइएको छ ।
बेलायतमा ‘रिफर्म’ नामको दल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मागा अन्दोलनबाट प्रेरित उग्र–दक्षिणपन्थी दल हो । त्यसका सदस्यहरू धेरैजसो मध्यम वर्गका वृद्ध पुरुष छन् । उनीहरू अन्य दलको तुलनामा समाचारको लागि फेसबुक तथा एक्सजस्ता सामाजिक सञ्जालमा निर्भर रहेको पाइएको छ ।
नयाँ दक्षिणपन्थीहरूले वृद्ध तथा प्रौढहरूलाई उग्रवादी बनाउने काममा अनलाइन मिथ्या सूचना (मिसइन्फर्मेसन)को ठुलो हात रहेको छ । फेसबुक तथा एक्सजस्ता सामाजिक सञ्जाल प्लेटफर्महरूमा आप्रवासीलाई दोष लगाइएका पोष्टहरू यत्रतत्र भेटिन्छन् । त्यस्ता पोष्ट सर्वसाधारणहरूमा त्रास र अन्योल सिर्जना गर्ने खालका हुन्छन् । निरन्तर त्यस्ता सामग्री हेर्दै जाँदा मानिसहरूलाई समाजनै विपत्तिको डिलमा पुगेको भान हुन्छ ।
वामपन्थी राजनीतिज्ञहरू वृद्धहरूलाई असर पार्दै लगेको यस्तो सामाजिक अलगावसँग जुध्न खोज्दैछन्, तर युवा र प्रौढहरूबिच रहेको बढ्दो दुरीले यस्तो परियोजनालाई झन् असहज बनाउँदै लगेको छ ।
आम रूपमा सामाजिक सञ्जालको प्रयोग हुन थालेको करिब १५ वर्ष पुगेको छ । यस क्रममा सामाजिक सञ्जालका दुर्गुणहरू पनि स्पष्ट भएका छन् । त्यस्ता प्लेटफर्महरू मान्छेको आपसी सम्बन्धको भावना तथा चाहनालाई बजारमा किनबेचको वस्तुको रूपमा प्रयोग गर्छन्, तर मानिसहरूलाई भने एक्लो र अविश्वसनीय बनाइदिन्छन् । यसले गर्दा कुनै पनि साझा प्रयत्न वा सम्बन्धको आधारनै कमजोर हुँदै गएको छ ।
हाम्रो समाजमा विभिन्न उमेर समूह बिचमा अन्तरपुस्ताको सामाजिकीकरण हराउँदै गएको छ । महँगी, बढ्दो भाडादर, तथा जीवनयापनको खर्चमा भएको वृद्धिले गर्दा मानिसहरूको ‘अफलाइन’ जीवन धान्न अप्ठ्यारो र महँगो हुँदै गएको छ । अफलाइन जीवन असहज बन्दै जाँदा आपसी सबन्धको जीवन्तता हराउँदै गएको छ ।
मान्छेको जीवन सुधार्ने सामाजिक तथा राजनीतिक आन्दोलनको निर्माण गर्ने हो भने डिजिटल स्पेसमा मिथ्या आनन्द र अलगावमा हराइरहेका मानिसहरूको जीवनबारे हेर्दै पर्छ । उनीहरू पनि संलग्न हुनैपर्ने हुन्छ । त्यसका लागि एक्लोपन र आक्रोशमा बाँचिरहेका ती मानिसमा पक्कै पुग्नुपर्ने हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण