‘पीआर’जापानमा पनि प्रदर्शन हुने
सारांश
- फिल्म 'पीआर' मंसिर २६ गतेबाट नेपालमा प्रदर्शन हुने भएपछि जापानमा पनि प्रदर्शन हुने भएको छ।
- निर्देशक शोभित बस्नेतले फिल्मको जापान अधिकार राम्रो रकममा बिक्री भएको जानकारी दिएका छन्।
- 'पीआर' प्रेम, संघर्ष र आप्रवासनसँग जोडिएको भावनात्मक कथामा आधारित छ, जसमा नीर शाह, गौरी मल्ल लगायतका कलाकारको अभिनय छ।
काठमाडौँ । मङ्सिर २६ गतेबाट नेपालमा प्रदर्शन हुन लागेको फिल्म ‘पीआर’ जापान पनि प्रदर्शन हुने भएको छ । फिल्मलाई जापानमा युना डिजिटलले प्रदर्शन गर्न लागेको हो ।
निर्देशक शोभित बस्नेतले फिल्मको जापान अधिकार बिक्री भएको जानकारी दिए । ‘जापानका लागि यो फिल्म राम्रो रकममा बिक्री गरिसकेका छौँ । अन्य देशका फिल्म वितरकहरूसँग पनि छलफल भइरहेको छ र केही दिनमै थप जानकारी दिनेछौँ’ उनले भने ।
निर्देशक बस्नेतका अनुसार, ‘पीआर’ प्रेम, संघर्ष र आप्रवासनसँग जोडिएको भावनात्मक कथामा आधारित फिल्म हो । फिल्ममा विदेशमा रहेका छोराछोरीको जीवन र नेपालमा रहेका अभिभावकले उनीहरूप्रति गरेको अपेक्षालाई कथाको केन्द्र बनाइएको छ ।
फिल्ममा नीर शाह, गौरी मल्ल, आर.ए. सुरज पौडेल, विनीता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, मस्तानी, बिमला खत्री, गणेश बुढाथोकी, म्याक्स बाबू , कृष्ण थापा, र नवीन घायल लगायतका कलाकारको अभिनय रहेको छ। विशेष भूमिकामा रवीन्द्र खड्का, उत्तम के.सी. र दिक्पाल कार्कीको अभिनय छ ।
फिल्मका प्रस्तुतकर्ता रञ्जित साह र सन्तोष तिवारी हुन् भने निर्माता लक्ष्मण सापकोटा र प्रदीप दाहाल हुन् । गणेश बुढाथोकीले लेखन तथा बन्दे प्रसादले सम्पादन गरेका फिल्ममा सौरभ सायमी र सौरभ लामाको छायाङ्कन छ । फिल्मको वितरणको जिम्मा आर.आर. फिल्मस्ले गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण