मेरो नियुक्तिविरुद्ध सर्वोच्च अदालतले फैसला गरे एकछिन पनि पदमा बस्दिनँ : मुख्यमन्त्री यादव
सारांश
- नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले सर्वोच्चको फैसला आएमा पद छाड्ने बताए ।
- मुख्यमन्त्री यादवले आफूलाई विश्वासको मत दिनेमा दलहरूको समर्थन रहने विश्वास व्यक्त गरे ।
- यादवले एमालेको संस्कार बोकेको र अदालतको आदेश पालना गर्ने प्रतिबद्धता जनाए ।
जनकपुरधाम । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नो नियुक्तिविरुद्ध सर्वोच्च अदालतले फैसला गरेमा तत्काल पद छाड्ने बताएका छन् ।
जनकपुरधाममा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री यादवले सर्वोच्च अदालतले आफ्नो नियुक्ति असंवैधानिक वा गलत ठहराएमा एकछिन पनि पदमा नबस्ने बताएका हुन् ।
उनले भने, 'एमाले संविधान र कानूनको पालन गर्ने पार्टी हो। म सोही पार्टीको संस्कार बोकेको व्यक्ति हुँ, त्यसैले अदालतको आदेश आए लगत्तै सत्ता हस्तान्तरण गर्न तयार छु।'
मुख्यमन्त्री यादवले मधेस प्रदेशमा प्रतिनिधित्व गर्ने दलहरूले आफूलाई विश्वासको मत दिने विश्वास पनि व्यक्त गरे । उनका अनुसार, विगतमा एमालेले जसपा नेपाल र जनमत पार्टीलाई सरकार गठनमा सहयोग गरेको हुँदा अहिले ती दलहरूले पनि बाध्यात्मक परिस्थितिमा सरकार सञ्चालनको जिम्मेवारी लिएको एमालेलाई सहयोग गर्नेछन् भन्ने अपेक्षा रहेको छ ।
'संवैधानिक सर्वोच्चता कायम गर्न बाध्यात्मक अवस्थामा सबैभन्दा ठूलो दल एमालेको नेताको हैसियतले मुख्यमन्त्री बनेको हुँ,' यादवले भने, 'दलहरूले मलाई सहयोग गर्नेछन् भन्नेमा म विश्वस्त छु।'
यादवले अहिले आफूसँग एमालेका प्रदेशसभा सदस्यहरूको मात्र समर्थन रहेको स्पष्ट गर्दै अन्य दलहरूसँग छलफल प्रक्रिया अघि बढाइसकेको जानकारी दिए । उनले दलहरूसँगको संवादपछि सकारात्मक परिणाम आउने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्देशक देउजा र अभिनेत्री सिंहलाई ‘छायाछवि चलचित्रकर्मी रजत सम्मान’ प्रदान गरिने
-
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानुन कार्यान्वयनमा चुनौती : महान्यायाधिवक्ता कँडेल
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण