मुख्यमन्त्रीलाई होटलमा शपथ गराउनु सङ्घीयतामाथिको प्रहार : प्रदीप पौडेल
सारांश
- नेपाली कांग्रेस नेता प्रदीप पौडेलले मधेस प्रदेशका मुख्यमन्त्रीलाई होटलमा शपथ गराएको घटनालाई संघीयतामाथिको प्रहार भनेका छन्।
- उनले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पदीय मर्यादा र पद्धति पालना नगरेको आरोप लगाएका छन्।
- पौडेलले मधेस प्रदेशमा पदीय मर्यादाविपरीत काम भएको र संघीय अभ्यासमाथि प्रश्न उठेको बताए।
काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई होटलमा शपथ ग्रहण गराएको घटनालाई 'सङ्घीयतामाथिको प्रहार' का रूपमा टिप्पणी गरेका छन्।
मंगलबार पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता पौडेलले राज्य संरचना प्रचलित राज्यप्रणालीअनुसार नै सञ्चालन हुनुपर्ने बताए। उनले तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पदीय मर्यादा र पद्धति पालना नगरेको आरोप लगाए।
पौडेलले मधेस प्रदेशमा पदीय मर्यादाविपरीत काम भएको दाबी गर्दै प्रदेश प्रमुखको आचरणले सङ्घीय अभ्यासमाथि नै प्रश्न उठाएको टिप्पणी गरे। उनले भने, ‘राज्यको संरचना राज्य प्रणालीअनुसार नै चल्छ। राज्य प्रणालीका आफ्नै मर्यादाहरू हुन्छन्। यी मर्यादाहरूको पालना गर्ने काम जिम्मेवार अधिकारीको हुन्छ।’
उनले थपे, ‘अहिले मधेस प्रदेशको हकमा समेत मर्यादा कायम नगरेको, पद्धतिअनुसार काम नगरेको देखियो। प्रदेश प्रमुखले गरेको काम पदीय मर्यादाविपरीत थियो। त्यसकारण मधेसमा पछिल्लो पटक भएको घटनाले सङ्घीयतामाथि प्रहार भएको देखियो।’
स्मरण रहोस्, तत्कालीन प्रदेश प्रमुख भण्डारीले मुख्यमन्त्री यादवलाई बर्दिवासस्थित एक होटलमा शपथ ग्रहण गराएकी थिइन्। पदीय मर्यादा कायम गर्न नसकेको भन्दै सरकारको सिफारिसमा राष्ट्रपतिले प्रमुख भण्डारीलाई पदमुक्त गरिसकेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण