बीमा सूचना केन्द्र स्थापना र सञ्चालनबारे छलफल, एकीकृत सूचना प्रणालीमा जोड
काठमाडौँ । नेपाल बीमा प्राधिकरणको आयोजनामा मंगलबार प्राधिकरणको केन्द्रीय कार्यालयमा बीमा सूचना केन्द्र स्थापना तथा सञ्चालनसम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ। बीमा ऐन, २०७९ मा व्यवस्था भएबमोजिम केन्द्र स्थापनाका लागि बीमा कम्पनी, लघुबीमा कम्पनी तथा पुनर्बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृतहरूसँग राय सुझाव लिन यो कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले बीमा क्षेत्रको विस्तारसँगै छरिएका सूचनाहरूलाई एकीकृत गर्न र गलत क्रियाकलापलाई पहिचान गरी नियन्त्रण गर्न सूचना केन्द्र आवश्यक भएको बताए। उनले केन्द्रको स्थापनाबाट बीमक र बीमित लगायत सबैको हित हुने उल्लेख गर्दै बीमा क्षेत्रलाई सुरक्षित तथा विश्वसनीय बनाउनका लागि कानुनबमोजिम केन्द्र स्थापनाको काम छिट्टै अगाडि बढाउने जानकारी दिए। अध्यक्ष शर्माले केन्द्रको संरचना, मोडालिटी र सञ्चालन आयाम कस्तो हुने भन्ने सम्बन्धमा व्यावहारिक सुझाव दिन बीमकहरूसँग आग्रह गरे।
विज्ञका रूपमा उपस्थित नेपाल सरकारका पूर्वमुख्य सचिव डा. वैकुण्ठ अर्यालले बीमा सूचना केन्द्र स्थापना, सञ्चालन र व्यवस्थापनसम्बन्धी प्रारम्भिक मस्यौदा प्रस्तुत गर्दै बीमा क्षेत्रसँग सम्बन्धित यथार्थ सूचना, जानकारी र विश्लेषण उपलब्ध गराउन केन्द्र अपरिहार्य रहेको बताए।
कार्यक्रममा नेपाल बीमक सङ्घका अध्यक्ष वीरेन्द्र बैदवार र नेपाल जीवन बीमक सङ्घका अध्यक्ष प्रवीण रमण पराजुलीले बीमा सूचना केन्द्र स्थापनाका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
छलफलमा सहभागीहरूबिच बीमा सूचना केन्द्र स्थापना गर्न सहमति भएको छ। छलफलका क्रममा आएका राय सुझावहरू समेटी प्रारम्भिक मस्यौदालाई परिमार्जन गरी केन्द्र स्थापना गर्ने कार्यलाई अगाडि बढाउने जानकारी गराइएको छ। कार्यक्रममा जीवन, निर्जीवन, लघु र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण