अपडेट
वामदेव नेतृत्वको पार्टी निर्वाचन आयोगले गर्यो खारेज
बुधबार, २६ कात्तिक २०८२, ०८ : ५०
सारांश
- वामदेव गौतमको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी एकीकरण अभियान खारेज भएको छ।
- गौतमको निवेदनपछि निर्वाचन आयोगले पार्टी खारेज गरेको हो।
- नेकपा एकीकृत समाजवादीमा समाहित भएपछि गौतमले पार्टी खारेजको निवेदन दिएका थिए।
काठमाडौँ । वामदेव गौतम नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी एकीकरण अभियान पार्टी खारेज भएको छ । गौतमको निवेदनपछि निर्वाचन आयोगले उक्त पार्टी खारेज गरेको हो ।
नेकपा एकीकृत समाजवादी हुँदै नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएपछि गौतमले पार्टी खारेजको निवेदन आयोगमा दिएका थिए ।
आयोगले नागरिक उन्मुक्ति पार्टी, नेपाल आयोगमा दर्ता भएको पनि जानकारी दिएको छ । यससँगै आयोगमा दर्ता भएका कुल दलको सङ्ख्या १२५ कायम भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण