मधेस प्रदेश
७ राजनीतिक दलको प्रदर्शनमा घाइते भएकाहरूको उपचार खर्च प्रदेश सरकारले बेहोर्ने
बुधबार, २६ कात्तिक २०८२, ०९ : ३७
सारांश
- मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदभार ग्रहण गर्दा भएको प्रदर्शनमा घाइतेहरूको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने भएको छ।
- मुख्यमन्त्री यादवले जनकपुरधामस्थित अस्पताल पुगेर घाइतेहरूको स्वास्थ्य अवस्था बुझेका थिए र उपचारको घोषणा गरे।
- मंगलबार पदभार ग्रहणका बेला ७ राजनीतिक दलका नेता कार्यकर्ताले गरेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गर्दा १६ जनाभन्दा बढी घाइते भए।
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदभार ग्रहण गरिरहँदा ७ राजनीतिक दलले गरेको प्रदर्शनको क्रममा घाइते भएकाहरूको उपचार खर्च प्रदेश सरकारले बेहोर्ने भएको छ ।
प्रदर्शनको क्रममा घाइते भएकाहरूको स्वास्थ्य अवस्था बुझ्नका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा पुगेका मुख्यमन्त्री यादवले सो घोषणा गरेका हुन् ।
घाइतेहरूको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिँदै मुख्यमन्त्री यादवले उपचार खर्च प्रदेश सरकारले बेहोर्ने बताए ।
मंगलबार मुख्यमन्त्री पदभार ग्रहण गरिरहँदा मधेस भवन बाहिर ७ राजनीतिक दलका नेता कार्यकर्ता प्रदर्शनमा उत्रिएका थिए । सो क्रममा प्रहरीले लाठीचार्ज गर्दा १६ जनाभन्दा बढी घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण