लोक सेवा आयोगले माग्यो कर्मचारी
बुधबार, २६ कात्तिक २०८२, ०९ : ५६
सारांश
- लोक सेवा आयोगले प्राविधिक र स्वास्थ्यतर्फ कर्मचारी भर्नाका लागि आवेदन खुला गरेको छ।
- निजामती सेवातर्फ प्राविधिक र स्वास्थ्य सेवाका विभिन्न पदमा १७० जनाका लागि आवेदन आह्वान गरिएको छ।
- आवेदकले अनलाइनमार्फत मंसिर १६ गतेसम्म आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर मंसिर २३ गतेसम्म आवेदन दिन सकिनेछ।
काठमाडौँ । लोक सेवा आयोगले प्राविधिक र स्वास्थ्यतर्फ कर्मचारी परिपूर्ति गर्नका लागि आवेदन खुलाएको छ।
आयोगले आज एक सूचना प्रकाशित गर्दै निजामतीतर्फ प्राविधिकको राजपत्राङ्कित तृतीय श्रेणी र स्वास्थ्य सेवाका आठौँ र सातौँ तहका पदहरूमा १७० जनाको लागि आवेदन खुलाएको हो।
आवेदन फाराम आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत विद्युतीय माध्यमबाट भर्न सकिने सूचनामा उल्लेख छ ।
योग्यता पुगेका इच्छुक नागरिकले आगामी मङ्सिर १६ गतेसम्म आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर मङ्सिर २३ गतेसम्म आवेदन दिन सकिने छ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण