शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

बेलायतमा सुतेकै अवस्थामा एक नेपाली विद्यार्थी मृत फेला

बुधबार, २६ कात्तिक २०८२, ११ : ०७
बुधबार, २६ कात्तिक २०८२

सारांश

  • बेलायतमा अध्ययनरत नेपाली विद्यार्थी योमन चन्द सुतेकै अवस्थामा मृत फेला परे।
  • मंगलबार राति सुत्न गएका चन्द बिहान मृत अवस्थामा फेला परेका थिए, जसको कारण खुल्न सकेको छैन।
  • लन्डनस्थित नेपाली दूतावास र गैरआवासीय नेपाली संघले शव नेपाल पठाउन पहल गर्ने भएका छन्।

लन्डन । बेलायतमा अध्ययनरत नेपाली विद्यार्थी योमन चन्द सुतेकै अवस्थामा मृत फेला परेका छन् । 

मंगलबार राति लन्डन घुमेर करिब २ बजे सुत्न कोठामा गएका चन्द बिहान मृत अवस्थामा फेला परेका हुन्। उनीसँगै बस्ने अर्का विद्यार्थी साथीले बिहान काममा जाने समयमा  नउठेपछि उनको हात समाउँदा चिसो भइसकेकाले इमर्जेन्सीमा खबर गरेको बताएका छन् । 

तर अस्पताल पुर्‍याउना साथ चिकित्सकले मृत घोषित गरेका थिए ।  प्रहरीले घटनास्थलको प्रारम्भिक जाँचबुझ एवम् कानुनी प्रक्रिया पूरा गरिसकेको छ।

उनको निधनको कारण अझै खुलाइएको छैन। केही समयअघि उनलाई भिटामिन 'डी' को कमी देखिएको र त्यसपछि उनले खोप लगाएको जानकारी प्राप्त भएको छ।

सन् १९९९ जनवरी २९ मा सल्यानमा जन्मिएका चन्द पछिल्ला वर्षहरूमा नर्थ लन्डनमा बस्दै आएका थिए। 
लन्डनस्थित नेपाली दूतावासले आवश्यक कागजी प्रक्रिया छिटो सम्पन्न गरी शव नेपाल पठाउन पहल गर्ने बताएको छ। दूतावासले उक्त घटनाप्रति दुःख व्यक्त गरेको छ।

गैरआवासीय नेपाली संघ बेलायतले पनि शव नेपाल पठाउने कार्यमा सहयोग गर्ने जनाएको छ। बेलायतस्थित नेपाली संघसंस्थालाई पनि सहयोगको लागि आव्हान गरिएको छ । मृतक चन्दले हार्टफोर्डसायर विश्वविद्यालयमा इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिङमा स्नातकोत्तर अध्ययन पूरा गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप