बीबीसीलाई मुद्दा हाल्नु आफ्नो दायित्व : ट्रम्प
सारांश
- अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पले बीबीसी विरुद्ध मुद्दा हाल्ने बताएका छन्, उनले सम्पादित भाषण प्रसारण गरेको आरोप लगाएका छन्।
- ट्रम्पले बीबीसीमाथि आफ्नो भाषणलाई 'हत्या' गरेको र जनतालाई भ्रमित पारेको आरोप लगाएका छन्, जसकारण १ अर्ब डलरको क्षतिपूर्ति माग गरेका छन्।
- बीबीसीले माफी माग्न र क्षतिपूर्ति दिन अस्वीकार गरेमा मुद्दा अघि बढ्ने ट्रम्पको भनाइ छ, किनभने उनले जनतालाई धोका दिएको बताए।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सम्पादित भाषण प्रसारण मामिलामा बीबीसीलाई मुद्दा हाल्नु आफ्नो ‘दायित्व’ भएको बताएका छन् । बीबीसीको चर्चित कार्यक्रम पानोरामा अन्तर्गत प्रसारित एक वृत्तचित्रमा उनको भाषण सम्पादनको विषयलाई लिएर उनले सो कुरा बताएका हुन् ।
२०२१ को जनवरी ६ मा आफूले दिएको भाषणको ‘हत्या’ गरिएको र यसलाई प्रस्तुत गरिएको तरिकाले यो भाषणहरूलाई हेर्नेलाई भ्रमित पारेको फक्स न्यूजसँग कुरा गर्दै उनले बताए ।
उनका वकिलहरूले बीबीसीलाई पत्र लेखेपछि ट्रम्पले सार्वजनिक रूपमा बोलेको यो पहिलो पटक हो । बीबीसीले सम्पादित भाषण भएको वृत्तचित्र पूरै फिर्ता लिने, आफूसँग माफी माग्ने र क्षतिपूर्ति दिने काम नगरेमा १ अर्ब डलर माग गर्दै मुद्दा हाल्ने पनि ट्रम्पले बताएका छन् । बीबीसीका अध्यक्ष समीर शाहले पहिले नै सम्पादनमा निर्णायक त्रुटिको लागि माफी मागिसकेका छन् ।
फक्स न्युजको द इन्ग्राहम एङ्गलमा ट्रम्पलाई उनले मुद्दा अगाडि बढाउनेछन् कि भनेर सोधिएको थियो । ‘मलाई लाग्छ मैले यसो गर्नैपर्छ, तपाईंलाई थाहा छ, किन ? किनभने तिनीहरूले जनतालाई धोका दिए, अनि तिनीहरूले आफैँले पनि यो कुरा स्वीकार गरेका छन्’ जवाफमा ट्रम्पले भनेका थिए ।
‘तिनीहरूले वास्तवमा जनवरी ६ को मेरो भाषणमा हेरफेर गरे, जुन एउटा सुन्दर भाषण थियो, जुन एकदमै शान्त भाषण थियो र तिनीहरूले यसलाई कट्टरपन्थी बनाए’ अगाडि बोल्ने क्रममा ट्रम्पले भने ।
बीबीसीले भाषणमा जसरी हेरफेर गरे त्यो एकदमै अविश्वसनीय भएको पनि उनले बताए । त्यसो भए कानुनी कारबाही अगाडि बढाउने हो त भनेर सोध्दा ट्रम्पले आफूमा यस्तो गर्नुपर्ने दायित्व भएको बताएका थिए । अरू मानिसहरूलाई पनि यस्तो गर्न नदिने उद्देश्यले कानुनी कारबाहीलाई अगाडि बढाउनुपर्नेमा उनले जोड दिएका थिए ।
आइतबार ट्रम्पका वकिलहरूबाट बीबीसीले पाएको पत्रमा वृत्तचित्र पूरै अनि निष्पक्ष रूपमा फिर्ता लिनुपर्ने, ट्रम्पसँग माफी माग्नुपर्ने र यस काण्डका कारण ट्रम्पलाई भएको क्षतिको बीबीसीले उचित क्षतिपूर्ति दिनुपर्ने माग राखिएको थियो । पत्रको उत्तर दिन बीबीसीलाई शुक्रवार २२ः ०० जीएमटीसम्मको समय दिइएको छ । बीबीसीले यसको उचित समयमा प्रतिक्रिया दिने पनि जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण