रोकिएको मेलम्चीको पानी राजधानी पठाउन थालियो
बुधबार, २६ कात्तिक २०८२, १२ : १८
सारांश
- आन्दोलनरत स्थानीयसँगको सहमति पछि मेलम्चीको पानी आजबाट राजधानी पठाउन सुरु गरिएको छ।
- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङको उपस्थितिमा हिजो स्थानीयसँग सहमति भएको थियो।
- भौतिक पूर्वाधार मन्त्रालयमा भएको छलफलमा समझदारी पत्रमा हस्ताक्षर गर्दै विवाद समाधान गरियो।
काठमाडौँ । आन्दोलनरत स्थानीयसँगको सहमति सँगै आजबाट मेलम्चीको पानी राजधानी पठाउन सुरु गरिएको छ ।
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङको उपस्थितिमा हिजो आन्दोलनरत पीडित स्थानीयसँग सहमति भएको थियो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, खानेपानी मन्त्रालयका सचिव, मेलम्ची खानेपानी विकास समितिका पदाधिकारी र सरोकारवालाहरूको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर गर्दै विवाद समाधान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण