भक्तपुरको सुडालमा युवक मृत फेला
बुधबार, २६ कात्तिक २०८२, १४ : ३४
सारांश
- भक्तपुरको चाँगुनारायणमा एक युवक मृत अवस्थामा फेला परेका छन्।
- मृतक ३२ वर्षीय सरोज दाहाल काभ्रेका हुन्, जो चिम्सिखोलामा लडेर मृत्यु भएको हो।
- शव पोस्टमार्टमका लागि अस्पताल पठाइयो, परिवारका अनुसार उनलाई छारे रोग थियो।
काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर–८ स्थित सुडालमा एक जना युवक मृत भेटिएका छन् । सुडाल बागमारामा बस्दै आएका ३२ वर्षीय सरोज दाहाल मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जवेगुले रातोपाटीलाई बताए ।
मृतक दाहाल काभ्रेको नमोबुद्ध नगरपालिका–२ पात्लेखेतका स्थानीय हुन् । बुधवार उनी पानी लिन जाने क्रममा चिम्सिखोलामा लडेको अवस्थामा मृत भेटिएका थिए ।
शव पोस्टमार्टमका लागि केएमसी अस्पतालमा पठाइएको डीएसपी जवेगुले जानकारी दिए । परिवारका अनुसार उनलाई छारे रोगको समस्या थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण