गृहमन्त्रीले जिम्मेवारी पूरा नगर्ने हो भने मार्गप्रस्त गर्नुपर्छ : प्रभु साह
सारांश
- आजपा अध्यक्ष प्रभु साहले भदौ २३ को आन्दोलनमा गोली चलाउनेलाई कारबाही नगरेको भन्दै गृहमन्त्रीको राजीनामा मागेका छन्।
- उनले एक साताभित्र कारबाही नगरे गृहमन्त्रीलाई काठमाडौँबाट बाहिर निस्कन नदिने चेतावनी दिएका छन्।
- साहले जेनजी आन्दोलनका मृतकका परिवारलाई रोजगारीको ग्यारेन्टी र कुलमान घिसिङमाथि लागेका आरोपको जवाफको माग गरेका छन्।
काठमाडौँ। आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले भदौ २३ गतेको जेनजी आन्दोलनमा युवाहरुमाथि गोली बर्साएर हत्या गर्नेहरूलाई अहिलेसम्म कारबाही नगरिएको भन्दै गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागेका छन् । गृहमन्त्री अर्यालको कार्यक्षमतामाथि प्रश्न उठाउँदै साहले जिम्मेवारी पूरा नगर्ने हो भने मार्गप्रस्त गर्नुपर्ने बताए ।
आज (बुधवार ) पोखरामा आयोजित पार्टीको गण्डकी प्रदेशको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले एक साताभित्र जेनजी आन्दोलनमा दमन गर्नेहरु र युवाहरुको हत्यामा संलग्नलाई कारबाही नगरे काठमाडौंबाहिर निस्किन नदिने चेतावनी समेत दिए । उनले भने,‘जेनजी हत्याराहरूलाई एक साताभित्र बयान नलिए र कारबाही नगरे गृहमन्त्रीलाई काठमाडौंबाट बाहिर निस्कन दिनुहुँदैन् । अहिलेका गृहमन्त्रीको कारण देशमा शान्ति, सुरक्षा र अमनचयन हुने सम्भावना देखिएन ।’
साहले तत्कालिन प्रधानमन्त्री केपी ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकलाई बयान लिन ढिलाई गर्नुको कारण के हो ? भनेर पनि गृहमन्त्रीलाई सोधेको छन् । उनले जेनजी बयानसम्म लिन नसक्ने यो सरकारले फागुनमा चुनाव गराउँछ भनेर कसरी पत्याउने भनेर आशंका व्यक्त गरेका छन् ।
जेनजी आन्दोलनको दमन र हत्याबारे जाँचुबझ गर्न बनेको आयोगका पदाधिकारीको क्षमतामाथि पनि उनले प्रश्न उठाएका छन् । माथिबाट बयान लिएर जानुपर्नेमा जाँचबुझ आयोगका पदाधिकारी जिल्ला भ्रमण र अवलोकनमा लागेको भन्दै उनले आक्रोश पोखे ।
साहले जेनजी आन्दोलनमा मृत्युवरण गर्न बाध्य युवाहरुको परिवारका सदस्यहरुलाई रोजगारीको ग्यारेन्टी गरिनुपर्ने माग गरे ।
मन्त्री बनेको दुई महिना नबित्दै देवत्वकरण गरिएको र सामाजिक सञ्जालले हिरो बनाएका कुलमान घिसिङहरुको अनुहारमा भ्रष्टाचारको दाग पोतिन थालेको भन्दै उनले लागेको आरोपको जवाफ दिन पनि माग गरे । उनले भने,‘मिडियामा कुलमानजीको बारेमा प्रशस्त कुरा आएका छन्, भारतसँग विद्युत खरिद सम्झौतामा प्रश्न उठाईएको छ । यसको जवाफ दिनुपर्छ ।’
उनले कुलमानले गैरदलीय सरकारमा बसेर दल खोल्ने गृहकार्य गरेकोमा पनि प्रश्न उठाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण