भारतका प्रियाङ्कले कर्णाली याक्सबाट खेल्ने
सारांश
- कर्णाली याक्स स्पोटर्सले भारतीय खेलाडी प्रियाङ्क किरित पन्चाललाई नेपाल प्रिमियर लिग (एनपिएल) का लागि अनुबन्ध गरेको छ।
- निर्देशक गृहेन्द्र घिमिरेले ब्याटिङ बलियो बनाउन रणजी ट्रफी खेलिसकेका खेलाडीलाई अनुबन्ध गरेको जानकारी दिएका छन्।
- प्रियाङ्कले गुजरातबाट रणजी ट्रफी खेल्दै आएका छन् र उनले विभिन्न खेलमा उत्कृष्ट प्रदर्शन गरेका छन्।
काठमाडौँ । कर्णाली याक्सले भारतका प्रियाङ्क किरित पन्चाललाई अनुबन्ध गरेको छ । दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)को लागि कर्णाली याक्सले चौथो विदेशी खेलाडी अनुबन्ध गरेको हो ।
कर्णाली याक्समा निर्देशक गृहेन्द्र घिमिरेले ब्याटिङक्रम बलियो बनाउन रणजी ट्रफी खेलिसकेका खेलाडी अनुबन्ध गरेको जानकारी गराएका छन् । ‘ब्याटिङ बलियो बनाउने योजनासहित हामीले रणजी ट्रफी खेलिसकेका प्रियाङ्कलाई अनुबन्ध गरेका हौं,’ निर्देशक घिमिरेले बताए, ‘प्रियाङ्कको आगमनपछि हाम्रो ब्याटिङ झनै बलियो हुने विश्वास छ ।’
यसअघि कर्णाली याक्सले तीन विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । अस्ट्रेलियाका विलियम बासिष्टोसँग सम्झौता नवीकरण गर्दा जेम्स वाट र म्याक्स ओ डाउड पहिलो पटक कर्णाली याक्सबाट एनपिएल खेल्दैछन् ।
ओपनिङ ब्याटर प्रियाङ्कले पछिल्लो पटक भारतीय टिमबाट हङकङ सुपर सिक्सेस खेलेका थिए । ३५ वर्षीय खेलाडीले गुजरातबाट रणजी ट्रफी खेल्ने गर्छन् । १२७ खेलमा आठ हजार ८ सय ५६६ रन बनाएका छन् । जसमा २९ सतक र ३४ अर्धसतक समावेश छन् । यस्तै, लिष्ट एमा ९७ खेल खेल्दा ८ सतकसहित ३ हजार ६ सय ७२ रन बनाएका हन् । टी–२० तर्फ ५९ खेलमा ९ अर्धसतकसहित १ हजार ५ सय २२ रन बनाएका छन् ।
यसअघि कर्णाली याक्सले हस्पिटालिटी पार्टनरमा काठमाडौको होटल याक एण्ड यति, सह प्रायोजकमा एसियन पेन्ट्स, नेबिको तथा प्लम्बर पाइप्ससँग सम्झौता गरिसकेको छ ।
२०८१ मंसिर १५ गतेदेखि पुस ६ गते सम्म भएको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो । दोस्रो संस्करणमा पनि कर्णालीले ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ । टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत छन् ।
कर्णाली याक्सले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको छ । अक्सनबाट पवन सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रेलाई अनुबन्ध गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण