कहिलेसम्म बन्द रहन्छ दिल्लीस्थित लाल किल्ला मेट्रो स्टेसन ?
बिहीबार, २७ कात्तिक २०८२, ११ : २५
सारांश
- दिल्ली मेट्रो रेल कर्पोरेसनले लाल किल्ला मेट्रो स्टेसन अर्को सूचना नआएसम्म बन्द रहने जनाएको छ।
- सोमबार स्टेसन नजिकै कार बम विस्फोट भएपछि सुरक्षाका कारण स्टेसन बन्द गरिएको हो।
- विस्फोटमा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने भारत सरकारले यसलाई आतङ्कवादी घटना भनेको छ।
नयाँ दिल्ली । दिल्ली मेट्रो रेल कर्पोरेसन (डीएमआरसी) ले लाल किल्ला मेट्रो स्टेसन हाललाई बन्दै रहने घोषणा गरेको छ । सोमबार स्टेसन नजिकै कार बम विस्फोट भएपछि यो बन्द गरिएको थियो ।
‘सुरक्षा कारणहरूले गर्दा, लाल किल्ला मेट्रो स्टेसन अर्को सूचना जारी नहुँदा सम्मका लागि बन्द रहनेछ । अन्य सबै स्टेसनहरू सामान्य रूपमा सञ्चालन हुनेछन्’ इन्स्टाग्राममा पोस्टमा डीएमआरसीले भनेको छ ।
सोमबार भएको कार बम विस्फोटमा कम्तीमा आठ जनाको मृत्यु भएको छ र धेरै जना घाइते भएका छन् । भारत सरकारले बुधवार एक विज्ञप्ति जारी गर्दै यसलाई ‘घृणित आतङ्कवादी घटना भनेको छ ।
केन्द्रीय मन्त्रिपरिषद्ले घटनासँग सम्बन्धित प्रस्ताव पनि पारित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण