बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जननिर्वाचित प्रतिनिधिलाई जिम्मेवारी सुम्पन आतुर छौँ : गृहमन्त्री अर्याल

बिहीबार, २७ कात्तिक २०८२, १४ : ३१
बिहीबार, २७ कात्तिक २०८२

सारांश

  • गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचित प्रतिनिधिलाई जिम्मेवारी सुम्पन सरकार आतुर रहेको बताए।
  • उनले फागुन २१ मा निर्वाचन सम्पन्न गर्नु सरकारको प्राथमिकता भएको र सबैलाई समान अवसर दिइने बताए।
  • निर्वाचनका लागि सुरक्षा निकायको व्यवस्थापन भइसकेको र संयुक्त सुरक्षा गस्ती सुरु गरिएको कुरा उनले जनाए।

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले जनताबाट निर्वाचित प्रतिनिधिलाई जिम्मेवारी सुम्पन अहिलेको सरकार आतुर रहेको बताएका छन् । राष्ट्रियसभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमामा बोल्दै अर्यालले भने– ‘हामीलाई प्राप्त जिम्मेवारी अनुसार समयमै निर्वाचन सम्पन्न गरेर छिटो भन्दा छिटो जनताबाट निर्वाचित प्रतिनिधिलाई सुम्पन हामी आतुर छौँ ।’ 

फागुन २१ मा निर्वाचन सम्पन्न गर्नु वर्तमान सरकारको प्राथमिक जिम्मेवारी भएको बताए । उनले भने– ‘पुराना र नयाँ दल भनेर विभेद गर्दैनौँ, सबैलाई निर्वाचनको समान अवसर प्रदान गरिन्छ ।’ 

निर्वाचनको आयोगको तथ्याङ्कअनुसार अहिलेसम्म २ लाख बढी मतदाता थप भएको उनले बताए । निर्वाचनको लागि सुरक्षा निकायका लागि आवश्यक पर्ने श्रोत र साधनको व्यवस्थापन भैसकेको र कतिपय व्यवस्थापन हुने क्रममा रहेको मन्त्री अर्यालले बताए । 

निर्वाचनको वातावरण बनाउने सबै सुरक्षा निकायको समन्वयमा संयुक्त सुरक्षा गस्ती सुरु गरिएको उनले बताए ।  उनले भने–  ‘निर्वाचन सुरक्षा योजना तयार गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा सबै सुरक्षा निकायका प्रतिनिधि रहेको कार्यदल गठन भएको र सो समितिले आफ्नो प्रतिवेदन पेस गरेको छ ।’ 

सो प्रतिवेदनलाई केन्द्रीय सुरक्षा समितिबाट स्वीकृत गरेर कार्यान्वयनमा ल्याइने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप