भारत–नेपाल रेल व्यापारिक सम्पर्क सुदृढीकरणका लागि सम्झौता
काठमाडाैँ । भारत र नेपालबिच रेलमार्ग हुँदै हुने व्यापारिक सम्पर्कलाई थप विस्तार गर्न दुबै देशले नयाँ सम्झौता गरेका छन्।
भारतका वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयल र नेपालका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाबिच बिहीबार नयाँ दिल्लीमा सम्पन्न द्विपक्षीय बैठकमा ‘ट्रान्जिट सन्धिको प्रोटोकल’ संशोधन गर्ने एलओईमा हस्ताक्षर गरिएको हो।
यस सम्झौताले जोगबनी (भारत) र विराटनगर (नेपाल)बिच रेलमार्ग हुँदै कन्टेनरयुक्त तथा थोक सामान ढुवानी सहज बनाउनेछ। विस्तारित परिभाषाअनुसार यो सुविधा कोलकाता–जोगबनी, कोलकाता–नौतनवा (सुनौली) र भिसाखापट्टनम–नौतनवा (सुनौली) मार्गसम्म विस्तार गरिएको छ। यसले भारत–नेपालबीचको बहु–मोडल व्यापारिक सम्पर्कलाई अझ मजबुत बनाउने र नेपालका तेस्रो मुलुकहरूसँगको व्यापारमा पनि सहयोग पुर्याउने बताइएको छ।
सम्झौता अनुसार अब कोलकाता र भिसाखापट्टनम बन्दरगाहबाट रेलमार्ग हुँदै मोरङस्थित विराटनगर नजिकको नेपाल भन्सार यार्डसम्म सामान ढुवानी गर्न सकिनेछ।
भारत सरकारको अनुदान सहयोगमा बनेको जोगबनी–विराटनगर रेलमार्ग सन् २०२३ जुन १ मा भारत र नेपालको प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गरेका थिए।
बैठकमा दुबै पक्षले सीमा पारको संरचना, एकीकृत जाँच चौकी तथा अन्य पूर्वाधार विकासका कामलाई अगाडि बढाइरहेकोमा सन्तोष व्यक्त गरे।
भारत हालसम्म नेपालको सबैभन्दा ठूलो व्यापारिक र लगानी साझेदार रहँदै आएको छ। नयाँ सम्झौता कार्यान्वयन भएपछि दुबै देशबीचको आर्थिक तथा व्यापारिक सम्बन्ध अझ सुदृढ हुने अपेक्षा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण