विश्वकप छनोटमा आयरल्यान्डसँग पोर्चुगल २-० ले पराजित
शुक्रबार, २८ कात्तिक २०८२, ०४ : १८
सारांश
- विश्वकप २०२६ छनोटमा आयरल्यान्डले पोर्चुगललाई २-० गोलले पराजित गर्यो।
- आयरल्यान्डका लागि दुवै गोल ट्रोय प्यारटले गरे, जसले टोलीलाई जित दिलाए।
- खेलको दोस्रो हाफमा रोनाल्डोले रातो कार्ड पाएपछि पोर्चुगल थप दबाबमा पर्यो।
काठमाडौँ । विश्वकप २०२६ छनोट अन्तर्गत आज (शुक्रबार) भएको खेलमा आयरल्यान्डले पोर्चुगलमाथि २-० को जित दर्ता गरेको छ। घरेलु मैदानमा खेलेको आयरल्यान्डका लागि दुवै गोल ट्रोय प्यारटले गरे।
प्यारटले खेलको १७ औँ मिनेटमा पहिलो गोल गर्दै आयरल्यान्डलाई अग्रता दिलाए । पहिलो हाफ सकिनुअघि ४५औँ मिनेटमा उनले दोस्रो गोल थपेपछि टोली सहज अवस्थामा पुगेको थियो।
दोस्रो हाफमा पोर्चुगलले खेलमा फर्कने प्रयास गरे पनि ६१ औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले रातो कार्ड पाएपछि पोर्चुगलले थप दबाबमा परेको थियो।
जितसँगै आयरल्यान्डले विश्वकपमा पुग्ने आशा अझ बलियो बनाएको छ। पोर्चुगल अझै समूह ‘एफ’ को अग्रस्थानमै भए पनि अब बाँकी खेलमा रोनाल्डो बिना खेल्नुपर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
-
विभिन्न ठाउँमा चोरी गर्ने गिरोह पक्राउ, सुनचाँदीका गहना, ड्रोन र नगद बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण