बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रहरी कार्यालय तोडफोड र आगजनीमा संलग्न २१ जना पक्राउ (सूचीसहित)

शुक्रबार, २८ कात्तिक २०८२, १८ : १७
शुक्रबार, २८ कात्तिक २०८२

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा विभिन्न प्रहरी कार्यालयमा तोडफोड र आगजनी गरेको आरोपमा २१ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले आन्दोलनमा घुसपैठ गरी उच्छृङ्खल तथा आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरिएको विज्ञप्ति मार्फत जनाएको हो ।

प्रहरीले आन्दोलनको मौका छोपी केही समूहले जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय पथरी, इलाका प्रहरी कार्यालय उर्लाबारी, प्रहरी चौकी मझारे, सीआरभी पोस्ट केशलिया र जतुवा तथा जिल्ला ट्राफिक कार्यालय मोरङको भवनमा तोडफोड गरेका थिए । साथै, उनीहरूले ट्राफिक आइल्याण्ड, ट्राफिक लाइट, सीसी क्यामेरा र सवारी साधनमा समेत आगजनी गरी क्षति पुर्‍याएका थिए ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) कोपिला चुडालका अनुसार, घटनापछि प्रहरीले लामो समयसम्म अनुसन्धान तथा विश्लेषण गरेको थियो ।

सोही अनुसन्धानबाट पहिचान खुलेका व्यक्तिहरूलाई सम्मानित मोरङ जिल्ला अदालतबाट पक्राउ अनुमति लिई पक्राउ गरिएको हो । पक्राउ परेका सबैलाई अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरूको विवरण:

१) विशाल वाल्मिकी, वर्ष २२, विराटनगर महानगरपालिका–५

२) गोपी साह, वर्ष २७, विराटनगर महानगरपालिका–९

३) विष्णु साफी, वर्ष २०, विराटनगर महानगरपालिका–९

४) राजेश यादव, वर्ष २४, विराटनगर महानगरपालिका–१४

५) सुरज सिंह, वर्ष २४, जहदा गाउँपालिका–५

६) मुकेश कामत, वर्ष २२, जहदा गाउँपालिका–५

७) प्रवेश मण्डल, वर्ष ३०, जहदा गाउँपालिका–२

८) सुशील यादव, वर्ष २५, जहदा गाउँपालिका–३

९) चन्दन बर्मा, वर्ष २४, विराटनगर महानगरपालिका–६

१०) किसन सहनी, वर्ष २९, विराटनगर महानगरपालिका–६

११) चन्द्र कार्की, वर्ष २३, पथरी शनिश्चरे नगरपालिका–१

१२) दिपक चौधरी, वर्ष २३, पथरी शनिश्चरे नगरपालिका–१

१३) मुकेश वराईली, वर्ष २५, पथरी शनिश्चरे नगरपालिका–१

१४) विश्वास थापा, वर्ष २१, पथरी शनिश्चरे नगरपालिका–१

१५) सिदार्थ राई, वर्ष १९, पथरी शनिश्चरे नगरपालिका–१

१६) मिथुन मण्डल, वर्ष २६, पथरी शनिश्चरे नगरपालिका–१

१७) राज कुमार सहनी, वर्ष २९, उर्लाबारी नगरपालिका–६

१८) उदय साह, वर्ष ४५, उर्लाबारी नगरपालिका–६

१९) बब्लु साह, वर्ष ४०, उर्लाबारी नगरपालिका–६

२०) मिलन राई, वर्ष ३०, उर्लाबारी नगरपालिका–६

२१) रविन सुन्दास, वर्ष २४, उर्लाबारी नगरपालिका–७

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप