जम्मू कश्मीरको नौगाम प्रहरी कार्यालयमा विस्फोट, ६ जनाको मृत्यु, २७ घाइते
सारांश
- श्रीनगरको नौगाम प्रहरी स्टेसनमा विस्फोट हुँदा ६ जनाको मृत्यु र २७ जना घाइते भएका छन्।
- विस्फोटक पदार्थको नमुना परीक्षण गर्दा विस्फोट भएको, जसमा डा. मुजम्मिल गनईको संलग्नता रहेको आशंका छ।
- डा. गनई दिल्ली ब्लास्टपछि पक्राउ परेका ८ आतंकवादीमध्ये एक हुन्, र उनको बसोबासबाट विस्फोटक पदार्थ बरामद भएको थियो।
काठमाडौँ । शुक्रबार राति श्रीनगरको नौगाम प्रहरी स्टेसनभित्र स्फोट भएको छ। घटनामा ६ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्। घाइतेमध्ये धेरैजसो प्रहरी र फाेरेन्सिक अधिकारी रहेको प्रहरीले जनाएको छ। उनीहरूको उपचार आर्मी बेस अस्पतालमा भइरहेको खबर भारतीय सञ्चारमाध्यमले प्रकाशित गरेको छ । विस्फोटपछि आसपासको क्षेत्र हाई अलर्टमा राखिएको छ।
प्रहरीका अनुसार यो ब्लास्ट त्यतिबेला भयो जब अधिकारीहरूले ‘ह्वाइट कलर’ आतङ्कवादी प्रकरणमा बरामद गरिएको विस्फोटक पदार्थको नमुना परीक्षण गर्दै थिए। सोही क्रममा फरीदाबादबाट पक्राउ परेका डा. मुजम्मिल गनईबाट बरामद ३६० किलो अमोनियम नाइट्रेटको केही अंश परीक्षणका लागि प्रहरी कार्यालयमा ल्याइएको थियो।
डा. गनई दिल्ली ब्लास्टपछि पक्राउ परेका ८ जना सन्दिग्ध मध्ये एक हुन्। यद्यपि ३६० किलो विस्फोटकको सम्पूर्ण मात्रा प्रहरी स्टेसनमै थियो कि थिएन भन्ने विषयमा अझै स्पष्ट जानकारी आएको छैन।
यसअघि, १० नोभेम्बरमा दिल्लीको लालकिला मेट्रो स्टेसन नजिक कारमा भएको विस्फोटमा १३ जनाको मृत्यु भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण