मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

एनपीएलबाट ४० करोड आम्दानीको अपेक्षा छ : क्यान

शनिबार, २९ कात्तिक २०८२, १५ : ३४
शनिबार, २९ कात्तिक २०८२

सारांश

  • नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रो एनपीएलबाट ३० देखि ४० करोड आम्दानीको अपेक्षा गरेको छ।
  • क्यानका अनुसार, टिम ओनरबाट ९ करोड र ओटीटी प्रसारण अधिकारबाट ५ करोड ३० लाख प्राप्त हुनेछ।
  • टिकट बिक्रीबाट ८ देखि १२ करोड र स्पोन्सरसिपबाट १५ करोड रुपैयाँ उठाउने लक्ष्य छ।

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) बाट ३० देखि ४० करोड रुपैयाँसम्म आम्दानी हुने अपेक्षा गरेको छ । क्यानले शनिबार गरेको पत्रकार सम्मेलनमा यससम्बन्धी जानकारी दिएको हो।

यो आम्दानी स्पोन्सरसिप, टिकट बिक्री, टिम ओनरबाट प्राप्त रकम र ओटीटी प्रसारण अधिकारलगायतका विभिन्न स्रोतबाट सङ्कलन हुने क्यानले जनाएको छ।

क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काले दिएको जानकारीअनुसार, टिम ओनर पक्षबाट हालसम्म करिब ९ करोड रुपैयाँ जुटिसकेको छ।  यस्तै, ओटीटी प्रसारण अधिकारबाट ५ करोड ३० लाख रुपैयाँ प्राप्त हुनेछ, जसलाई यसपटक लिगको प्रमुख आम्दानीको स्रोत मानिएको छ।

खड्काका अनुसार, टिकट बिक्रीबाट न्यूनतम ८ करोडदेखि अधिकतम १२ करोड रुपैयाँसम्म उठाउने लक्ष्य राखिएको छ । मुख्य तथा अन्य स्पोन्सरसिपबाट भने करिब १५ करोड रुपैयाँसम्मको प्याकेज सुरक्षित भएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप