वडाध्यक्षको हत्यापछि धनुषामा एमालेको कार्यक्रम स्थगित
सारांश
- धनुषामा एमालेले आयोजना गर्ने जनसभा कार्यक्रम वडाध्यक्षको हत्याका कारण स्थगित गरियो।
- मिथिला बिहारी नगरपालिका-९ का वडाध्यक्ष विन्देश्वर यादवको गोली हानी हत्या गरियो।
- घटनास्थलमा दुई समूहबीच झडप हुँदा यादवको निधन भयो र ३ जना घाइते भए, प्रहरीले २ जनालाई नियन्त्रणमा लियो।
धनुषा । नेकपा एमालेको प्रतिनिधिसभा पुनस्थापनाको माग गर्दै देशभरका जिल्लामा तय गरिएको कार्यक्रम धनुषामा हुन सकेन। धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष विन्देश्वर यादवको हत्या गरिएपछि एमालेको धनुषा जिल्ला कमिटीले गर्ने भनिएको जनसभा कार्यक्रम स्थगित गरिएको हो।
एमाले धनुषाका सचिव दिपन ठाकुरले भने, ‘देशभरि ७७ वटै जिल्लामा पार्टीले प्रतिनिधिसभा स्थापनाको माग गर्दै जनसभा गर्ने कार्यक्रम तय गरेको थियो तर हाम्रै पार्टीका मिथिलाबिहारी नगरपालिका-९ का वडाध्यक्ष विन्देश्वर यादवको गोली प्रहार गरी हत्या गरिएपछि हामीले कार्यक्रम नै स्थगित गरेका छौँ।’
वडाध्यक्ष यादव २०७९ को निर्वाचनमा स्वतन्त्र रूपमा निर्वाचित भए पनि पछि एमालेमा प्रवेश गरेका थिए। शुक्रबार मिथिला बिहारी-९ अन्दुपट्टीस्थित मृत्यु संस्कारमा पुगेका वडाध्यक्षसहितको समूह र अर्को समूहबिच झडपपछि गोली प्रहार गरिएको थियो। सो घटनापछि वडाध्यक्ष यादवको निधन भएको थियो भने ३ जना घाइते भएका थिए। घटनामा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा अधिकतम तापक्रम २९ डिग्रीसम्म, पोखरा र धनगढीमा वर्षाको सम्भावना ८० प्रतिशत
-
अनशन तोड्न सोनम वाङचुकका तीन सर्त
-
पूर्वतयारी बिना ठेक्का निकाल्न रोकदेखि मजदुरलाई सामाजिक सुरक्षासम्म, कार्यान्वयन कति सम्भव ?
-
साउनको पहिलो सोमबार: बिहान ३ बजेदेखि पशुपतिनाथका चारै ढोका खुला
-
सार्वजनिक खरिदमा नयाँ युगः ‘लो बिडिङ’ हट्यो, ‘ई–मार्केटप्लेस’ र ‘रिभर्स अक्सन’
-
सार्वजनिक खरिद ऐनमा भएको संशोधनले निर्माण उद्योगका धेरै गाँठो फुकाएको छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण