पत्रकार महासंघमा सल्लाहकार मनोनयन विवाद : केन्द्रीय समिति बैठक स्थगित
सारांश
- नेपाल पत्रकार महासङ्घको केन्द्रीय समिति बैठक सल्लाहकार मनोनयनको विषयमा विवादका कारण अनिश्चितकालका लागि स्थगित भयो।
- प्रेस युनियन निकट पदाधिकारीहरूले विधान विपरीत बाला अधिकारीलाई सल्लाहकार बनाउन माग गरेपछि विवाद चर्कियो।
- अध्यक्ष निर्मला शर्माले विधानअनुसार सल्लाहकारहरूको मनोनयनको जानकारी गराएकी थिइन्, तर सहमति जुट्न सकेन।
काठमाडौँ । नेपाल पत्रकार महासङ्घको केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। सल्लाहकार मनोनयनको विषयमा गम्भीर विवाद उत्पन्न भएपछि महासङ्घको केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित भएको हो ।
महासङ्घको विधानअनुसार सल्लाहकार मनोनयन गर्ने प्रक्रियालाई लिएर नेपाल प्रेस युनियनमा आबद्ध केही पदाधिकारी र सदस्यहरूले असहमति जनाएपछि बैठक बस्दै नबसी स्थगित भएको जनाइएको छ ।
विधान विपरीतको अडान महासङ्घको विधानले निवर्तमान अध्यक्षलाई सल्लाहकार मनोनयन गर्ने व्यवस्था गरेको छ। तर, प्रेस युनियन निकट पदाधिकारी तथा सदस्यहरूले उक्त व्यवस्थालाई बेवास्ता गर्दै तत्कालीन कार्यवाहक अध्यक्ष बाला अधिकारीलाई पनि सल्लाहकारमा मनोनयन गरिनुपर्ने माग राखेपछि विवाद चर्किएको हो।
एक केन्द्रीय सदस्यका अनुसार विधान विपरीतको माग र अडानका कारण महासङ्घको केन्द्रीय समिति बैठक प्रभावित भएको हो। शनिबार बिहान १० बजेका लागि काठमाडौँको सिद्धार्थ कटेजमा बोलाइएको बैठक निर्धारित समयमा बस्न सकेन।
महासङ्घकी अध्यक्ष निर्मला शर्माले विधानअनुसारका सल्लाहकारहरूको (जसमा निवर्तमान अध्यक्ष विपुल पोखरेल, निकटतम प्रतिस्पर्धी रमेश विष्ट र त्यसअघिका अध्यक्ष गोविन्द आचार्य लगायतका व्यक्तिहरू थिए) मनोनयनको जानकारी सहितको चिठी बिहानै पठाइसकेकी थिइन्। उनीहरूमध्ये केही बैठकमा उपस्थित पनि थिए।
तर, प्रेस युनियन निकट पदाधिकारीहरूले बाला अधिकारीलाई पनि सल्लाहकारमा राख्न माग गर्दै बैठक अवरुद्ध गरेका थिए। दिनभर विवाद हुँदा पनि सहमति कायम हुन नसकेपछि अध्यक्ष शर्माले वरिष्ठ उपाध्यक्षसँगको परामर्शमा आजका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको एक पदाधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बारा–पर्सा करिडोरमा तीन ठुला उद्योगलाई १० लाख जरिवाना
-
जनआवाजलाई सशक्त रूपमा प्रस्तुत गर्न अध्यक्ष ओलीको निर्देशन
-
पर्याप्त आधार र प्रमाणबिना हाइप्रोफाइल नेता धमाधम पक्राउ, अदालतमा ‘प्रमाण अभाव’
-
रुकुम पूर्व केन्द्रबिन्दु भएर भूकम्प
-
वीरेन्द्रनगरको निकास खोला जंगलमा एक व्यक्ति मृत भेटिए
-
राष्ट्र बैंकमा डेपुटी गभर्नर थप्नु हुँदैन : एमाले सांसद कँडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण