बीबीसीविरुद्ध कानुनी कारबाहीको तयारीमा ट्रम्प
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसी विरुद्ध क्षतिपूर्ति सहित कानुनी कारबाही गर्ने घोषणा गरेका छन्।
- ट्रम्पले बीबीसी पानोरमाको कार्यक्रममा आफ्ना भाषणका अंशहरू गलत तरिकाले एडिट गरिएको आरोप लगाएका छन्।
- बीबीसीले कार्यक्रमको एडिटिङका कारण ट्रम्पसँग माफी मागेको छ, तर क्षतिपूर्ति दिन अस्वीकार गरेको छ।
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसी पानोरमाको कार्यक्रममा आफ्ना भाषणका अंशहरू गलत तरिकाले एडिट गरिएको भन्दै बीबीसीविरुद्ध भारी क्षतिपूर्ति दाबी सहित कानुनी कारबाही गर्ने घोषणा गरेका छन्।
शुक्रबार साँझ पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘हामी उनीहरू विरुद्ध १ अर्बदेखि ५ अर्ब डलरसम्मको मुद्दा दायर गर्नेछौँ, सम्भवतः अर्को हप्तामै।’
बीबीसीले पैनोरामामा प्रसारित कार्यक्रमको एडिटिङका कारण ‘ट्रम्पले प्रत्यक्ष रूपमा हिंसात्मक कदम चाल्न आह्वान गरेको’ जस्तो गलत धारणा बनेको स्वीकार गर्दै उक्त सामग्री दोहोर्याएर प्रसारण नहुने जनाएको थियो। संस्थाले यसका लागि ट्रम्पसँग माफी मागेको तर क्षतिपूर्ति दिन अस्वीकार गरेको छ।
ट्रम्पले सम्पादित सामग्रीप्रति आफ्नो कडा आपत्ति व्यक्त गर्दै भने, ‘मलाई लाग्छ, अब यो कदम लिनै पर्छ। उनीहरूले धोका दिए।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण