मधेस प्रदेशमा आज पनि ७ दलको धर्ना
सारांश
- मधेस प्रदेशमा ७ राजनीतिक दलले मुख्यमन्त्रीको बर्खास्तीको माग गर्दै आन्दोलन जारी राखेका छन्।
- उनीहरूले प्रदेश सरकार असंवैधानिक रूपमा गठन भएको आरोप लगाउँदै राष्ट्रिय झन्डासहित धर्ना दिएका छन्।
- सर्वोच्च अदालतमा मुख्यमन्त्री नियुक्तिविरुद्ध परेको रिटमाथि सुनुवाइ हुँदैछ, र फैसला मधेसी जनताको पक्षमा आउने विश्वास छ।
काठमाडौँ । मधेस प्रदेशमा ७ राजनीतिक दलले आज पनि धर्ना जारी राखेका छन् । उनीहरूले मुख्यमन्त्रीको बर्खास्तीको मागसहित मधेस भवन अगाडि धर्ना दिई विरोध कार्यक्रमलाई निरन्तरता दिएका हुन् ।
उनीहरू आज राष्ट्रिय झन्डासहित धर्नामा बसेका हुन् । आज सर्वोच्च अदालतमा मुख्यमन्त्री नियुक्तिविरुद्ध परेको रिटमाथि सुनुवाइ समेत हुँदैछ ।
माओवादी केन्द्रका प्रदेशसभा सदस्य भरत साहले आन्दोलन तत्कालीन प्रदेश प्रमुखको असंवैधानिक कदमविरुद्ध रहेको बताए । उनले भने, ‘मुख्यमन्त्री नियुक्तिसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले आज फैसला गर्ने अपेक्षा छ, सो फैसला मधेसी जनताको पक्षमा आउँछ भन्ने विश्वास छ ।’
सर्वोच्च अदालतको निर्णयलाई आफूहरूले सम्मान गर्ने बताउँदै उनले ७ दलीय गठबन्धनले अगामी आन्दोलनका स्वरूपबारे छलफल गरिरहेको जानकारी दिए । ७ दलीय गठबन्धनमा नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोसपा नेपाल, नेकपा (एस), र नागरिक उन्मुक्ति पार्टी समावेश छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण