राष्ट्रपति शासन लागू गर्न माग गर्दै मधेसका युवाहरूले बुझाए ज्ञापनपत्र
आइतबार, ३० कात्तिक २०८२, १४ : २२
सारांश
- जनकपुरधामका युवाहरूले मधेस प्रदेशसभा विघटन गरी राष्ट्रपति शासनको माग गरेका छन्।
- युवाहरूले भ्रष्टाचार, बेथिति र राजनीतिक किचलोले आजित भएको भन्दै राष्ट्रपति शासनको माग गरेका हुन्।
- तत्कालीन मुख्यमन्त्रीको राजीनामा पछि प्रदेशमा बढेको सत्ताको छिनाझपटीले युवाहरूलाई चिन्तित बनाएको छ।
जनकपुरधाम । जनकपुरधामका युवाहरूले मधेसमा प्रदेशसभा विघटन गरी राष्ट्रपति शासन लागू गर्न माग गरेका छन् । राजनीतिक किचलोबाट आजित भएर उनीहरु सो माग गरिएको जनाएका छन् ।
जनकपुरधामका युवाहरूको एक समूहले आइतबार प्रदेश प्रमुख डा.सुरेन्द्र लाललाई ज्ञापन पत्र बुझाउँदै राष्ट्रपति शासन लागू गर्न माग गरेका हुन् ।
उनीहरुले पछिल्लो समयमा देखिएको भ्रष्टाचार, बेथिति तथा राजनीतिक नाटकले मधेसी जनता आजित भएको भन्दै राष्ट्रपति शासन एक मात्र विकल्प रहेको ज्ञापनपत्रमा ठहर गरेका छन् ।
तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनलको राजीनामा पछि प्रदेशमा बढेको सत्ताको छिनाझपटीले सङ्घीयतासँगै मधेसी जनता समेत बदनाम भएको उनीहरूको भनाइ छ । ज्ञापनपत्रमा प्रदेशसभालाई विघटन गरी नागरिक सरकार वा राष्ट्रपति शासनमार्फत नयाँ निर्वाचनमा जानु उपयुक्त हुने सुझाव दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण