जेनजीले पुनः सम्झाए– ओली र लेखकलाई किन नपक्रेको ?
काठमाडौँ । राष्ट्रिय जेनजी युवा एकता मञ्चले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, प्रदेश खारेजदेखि भ्रष्टाचारका फाइल तत्काल खोल्न वर्तमान सरकारसँग माग गरेको छ ।
मञ्चले आइतबार राजधानीकोमा पत्रकार सम्मेलनको आयोजना गरी जेनजीको मर्म अनुसार सरकारले काम अगाडी नबढाए आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ ।
मञ्चका संयोजक इन्द्र बहादुर शाहले वर्तमान सरकारले आफूहरूको भावना विपरीत भ्रष्टाचारीहरूको संरक्षण गरेको भन्दै उनीहरूलाई तत्काल कारबाही गर्नुपर्ने माग राखे ।
शाहले जेनजी विद्रोहको मुख्य माग नै कुशासन र भ्रष्टाचार निर्मूल पार्ने भएको बताउँदै भने,“तत्काल २०४ ६पछिका सबै उच्च पदस्त नेता तथा कर्मचारीको फाइल खोलेर जेल कोच्नुपर्छ, नत्र हामी पुनः सडकमा उत्रन बाध्य हुनेछौँ ।”
जीवन बुढाले जेनजीलाई ताकिताकी गोली हान्न आदेश दिने तत्कालीन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक र सीडीओलाई पक्रेर तत्काल कारबाही गर्न माग गरे ।
जेनजी बिरेन्द्र शाहीले हुम्लाबाट पनि प्रतिनिधित्व गर्ने घाइते जेनजीहरुलाई सरकार र सम्बन्धित पक्षले वास्ता नगरेकोप्रति आक्रोश व्यक्त गरे ।
जेनजी हर्कबहादुर बुढाले वर्तमान सरकारले जेनजीको मर्म अनुसार काम नगर्ने हो भने तत्काल राजीनामा दिनुपर्ने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण