नेपाल बैङ्क लिमिटेडको ८९ औँ वार्षिकोत्सव सम्पन्न
सारांश
- नेपाल बैंक लिमिटेडले आफ्नो ८९औँ वार्षिकोत्सव भव्य रूपमा मनायो।
- बैंकले डिजिटल प्रविधिमार्फत १० लाख ग्राहकलाई बैंकिङ सुविधा दिइरहेको छ।
- वार्षिकोत्सवमा २५ वर्ष सेवा गर्ने कर्मचारी र उत्कृष्ट शाखाहरूलाई सम्मान गरियो।
काठमाडौँ । नेपाल बैङ्क लिमिटेडले आफ्नो ८९ औँ वार्षिकोत्सव आइतबार भव्य रूपमा मनाएको छ। वि।सं। १९९४ साल कार्तिक ३० गते स्थापना भएको बैङ्कले ८८ वर्ष पूरा गरी ८९औँ वर्षमा प्रवेश गरेको अवसरमा बैङ्कको प्रधान कार्यालय प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव सम्पन्न गरेको हो।
देशभरका २३१ शाखा, २३७ एटिएम र ६१ एक्सटेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई सेवा दिइरहेको बैङ्कले हाल डिजिटल प्रविधिमार्फत करिब १० लाख ग्राहकलाई सहज बैङ्किङ सुविधा उपलब्ध गराइरहेको छ। पछिल्ला वर्षहरूमा बैङ्कले छिटो, छरितो र गुणस्तरीय सेवामा जोड दिँदै युवा जनशक्तिमार्फत आधुनिक बैङ्किङलाई थप प्रभावकारी बनाइरहेको बैङ्कले जनाएको छ।
वार्षिकोत्सव कार्यक्रममा २५ वर्षसम्म निरन्तर सेवा प्रदान गर्ने ३ जना तथा २० वर्ष सेवा गर्ने ५३ जना कर्मचारीलाई पदक र प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो। साथै, चुनौतीपूर्ण परिस्थितिमा सुरक्षा व्यवस्थालाई मजबुत बनाउन योगदान पुर्याउने गौरादह र नयाँ वानेश्वर शाखाका सुरक्षाकर्मीलाई पनि पुरस्कृत गरिएको छ। त्यस्तै, प्रदेश तथा भौगोलिक क्षेत्रका आधारमा उत्कृष्ट प्रदर्शन गरेका १२ शाखालाई सम्मान गरिएको थियो।
बैङ्कका सञ्चालक समितिका अध्यक्ष प्रा. डा. डिल्लीराज शर्माले कर्मचारीलाई उच्च मनोबल, इमानदारी र जिम्मेवारीपूर्वक कार्य गर्न प्रेरित गर्दै बैङ्क व्यवस्थापनलाई सञ्चालक समितिको निरन्तर साथ रहने आश्वासन व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण