करदाता र सरकारबिचको सम्बन्ध सुमधुर बनाउँदै लगानीको वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री खनाल
सारांश
- अर्थमन्त्री रामेश्वरप्रसाद खनालले कर प्रणालीमा सुधार र लगानीको वातावरण बनाउनुपर्ने बताए।
- उनले करदाता र सरकारबीचको सम्बन्ध सुमधुर बनाउनुपर्ने र निजी क्षेत्रको योगदानको प्रशंसा गरे।
- मन्त्रीका अनुसार, सबै नगरपालिकाहरूमा करदाता सेवाको प्रबन्ध र अनलाइन कर प्रणालीको व्यवस्था गरिनेछ।
काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले कर प्रणालीमा गरिएको सुधार र लगानीको आधार नै देशको आर्थिक विकासको मुख्य मन्त्रणा भएको बताएका छन् । सोमबार आन्तरिक राजश्व विभागले राष्ट्रिय कर दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री खनालले यस्तो बताएका हुन् ।
उनले करदाता र सरकारबिचको सम्बन्धलाई सुमधुर बनाउँदै लगानीको वातावरण सिर्जना गर्नु आवश्यक रहेको धारणा राखे । विगत एक वर्षमा सबैभन्दा बढी कर तिर्ने व्यवसायी तथा उद्यमीहरूलाई धन्यवाद दिँदै अर्थमन्त्री खनालले भने– ‘तपाईंहरूको योगदानले नै हामी समृद्ध समाज निर्माण गर्न सक्छौँ ।’
उनले समाजमा कसैलाई पनि पछाडि पारिएको छैन भन्ने भावनाको विकास गर्न सके मात्रै शान्ति स्थापना हुने बताए । जनआन्दोलनले पनि विभिन्न प्रकारका असन्तुष्टिहरूलाई उजागर गरेको उल्लेख गर्दै उनले राजनीतिक र आर्थिक अवसर प्राप्त नहुँदा मानिसहरू पलायन हुनुपरेको पीडादायी अवस्था रहेको बताए ।
यस्तो सङ्कटको अवस्थामा पनि निजी क्षेत्र हतोत्साहित नभई अघि बढेकोमा उनले प्रशंसा गरे । अर्थमन्त्री खनालले कर प्रणालीमा पारदर्शिता र व्यवसायीको लागत कम गर्न विभिन्न सुधारका कार्यक्रमहरू अघि बढाइएको जानकारी दिए ।
उनकाअनुसार सबै नगरपालिकाहरूमा करदाता सेवाको प्रबन्ध मिलाइने छ र अनलाइनबाटै कर सम्बन्धी काम गर्न सकिने व्यवस्था मिलाइनेछ। जोखिममा आधारित कर परीक्षण प्रणाली लागू गरिने र इमानदार व्यवसायीलाई अनावश्यक दुःख नदिइने प्रतिबद्धता व्यक्त गर्दै उनले भने, ‘हाम्रो उद्देश्य करको दायरा बढाउनु हो, करको दर होइन ।’
उनले आर्थिक गतिविधि विस्तार भएमा कर स्वतः बढ्ने विश्वास व्यक्त गरे। सम्पत्ति राष्ट्रको सम्पत्ति हो भन्ने धारणाको विकास गर्नुपर्नेमा जोड दिँदै उनले भने, ‘जसले सम्पत्ति सिर्जना गरे पनि त्यो राष्ट्रिय सम्पत्ति हो र त्यसको रक्षा गर्नु सबैको कर्तव्य हो।’
नेपाललाई लगानीको आकर्षक गन्तव्य बनाउन सरकारले अन्य मुलुकसँग दोहोरो कर मुक्तिको सम्झौता र लगानी प्रवर्द्धन तथा संरक्षण सम्झौता जस्ता प्रयासहरू गरिरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण