कात्तिक महिनामा १४ अर्बले घट्यो राजस्व संकलन, आयात घट्दा सरकारी लक्ष्यमा प्रभाव
सारांश
- कात्तिक महिनामा राजस्व संकलनको लक्ष्य पूरा नहुँदा सरकारी ढुकुटीमा समस्या देखिएको छ।
- भन्सार महसुलमा आएको गिरावटले राजस्व घट्नुको मुख्य कारण बनेको छ, जसले समग्र लक्ष्यलाई असर गर्यो।
- आर्थिक वर्षको सुरुका चार महिनामा कुल राजस्व संकलन वार्षिक लक्ष्यको २२.२६ प्रतिशत मात्रै पुगेको छ।
काठमाडौं । कात्तिक महिनामा राजस्व संकलनको निराशाले सरकारी ट्रेजरीमा अप्ठ्यारो अवस्थाको संकेत देखिएको छ । अर्थ मन्त्रालय र महालेखा नियन्त्रकको कार्यालयको राजस्व तथ्यांकले यो अवस्था देखाएको हो ।
तथ्यांक अनुसार पहिलो चौमासिक (कात्तिक) सम्म सरकारले सम्म सरकारले कुल ३ खर्ब २९ अर्ब ५१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । असोजसम्म संकलित राजस्व २ खर्ब ५१ अर्ब १८ करोड रुपैयाँ रहेको थियो । कात्तिकसम्म संकलित रकम कुल लक्ष्यको ७७.४९ प्रतिशत हो ।
कात्तिक महिनामा सरकारले १ खर्ब ३ अर्ब ६९ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो । तर, यस अवधिमा संकलित राजस्व ७८ अर्ब ३३ करोड रुपैयाँमा सीमित हुन पुग्यो । यो संकलन मासिक लक्ष्यको तुलनामा मात्र ७५.५४ प्रतिशत हो । यो गत महिनाभन्दा १४ अर्ब १३ करोडले कम हो ।
यो राजस्व संकलन अघिल्लो महिना असोजको तुलनामा निकै कमजोर रहेको छ । असोज महिनामा सरकारले १ खर्ब ३ अर्ब ७ करोड रुपैयाँको लक्ष्य राखेकोमा ९२ अर्ब ४६ करोड रुपैयाँ राजस्व उठाएको थियो । असोजमा लक्ष्य प्राप्तिको दर ८९.७१ प्रतिशत थियो।
यसरी हेर्दा कात्तिक महिनामा लक्ष्य प्राप्तिको दर असोज महिनाको तुलनामा १४.१७ प्रतिशत विन्दुले कम हुन पुगेको छ । यसले समग्र राजस्व प्राप्तिको लक्ष्यलाई नै गत महिनाको तुलनामा ०.६३ प्रतिशत विन्दुले घटाएको देखिन्छ ।
- कसरी घट्यो कात्तिकको राजस्व ?
यो अविधमा सरकारी राजस्व घट्नुमा सबै शीर्षकका राजस्व संकलनमा आएको गिरावट कारणको रुपमा रहेको छ । यद्यपि भन्सार महसुलमा देखिएको कमीले यसको मुख्य हिस्सा ओगटेको देखिन्छ ।
कात्तिक महिनामा भन्सार महसुतर्फ जम्म ६८.९३ प्रतिशत मात्रै राजस्व उठेको छ । जबकी असोजमा यो दर ८९.१७ प्रतिशत रहेको थियो । योसँगै भन्सार विन्दुमा हुने संकलन हुने मूल्य अभिवृद्धि करको संकलन समेत प्रभावित भएको देखिन्छ । असोज मसान्तमा यो लक्ष्यको १०२.१७ प्रतिशत रहेकोमा कात्तिकमा यो दर ७५.७९ प्रतिशतमा झरेको छ ।

त्यस्तै पैठारीमा आधारित अन्तशुल्क संकलन दर पनि असोजमा ८४.५० रहेकोमा कात्तिकमा ७०.०२ प्रतिशतमा झरेको देखिन्छ ।
- यस्तो छ चार महिनाको संकलित राजस्व अवस्था
कात्तिक महिनासम्म सरकारले संकलन गरेको कुल राजस्वमध्ये भन्सार महसुल ७४ अर्ब ५९ करोड, आयकर ९३ अर्ब २३ करोड, मूल्य अभिवृद्धि कर १ खर्ब २५ अर्ब २८ करोड र अन्तशुल्क ६२ अर्ब १ करोड रहेको छ ।
त्यस्तै, गैरकर आम्दानी १९ अर्ब ६५ करोड, शिक्षा सेवा शुल्क र अन्य राजस्वतर्फ १ अर्ब ६१ करोड र विविध प्राप्ति २ अर्ब ९६ करोड रुपैयाँ रहेको मन्त्रालयको तथ्यांक छ ।
सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलनको लक्क्ष लिएको छ । अहिलेसम्म संकलित कुल रकम वार्षिक लक्ष्यको २२.२६ प्रतिशत हो ।
यसमध्ये मध्ये भन्सार महसुलतर्फ २४.४१ प्रतिशत, आयकर १५.०२ प्रतिशत, मूल्य अभिवृद्धि कर २७.१५ प्रतिशत र अन्तशुल्क २९.२९ प्रतिशत रहेको छ ।
त्यस्तै, गैरकर आम्दानी १२.७३ प्रतिशत र शिक्षा सेवा शुल्क र अन्य राजस्वतर्फ ३८.६९ प्रतिशत राजस्व संकलन गरेको अर्थ मन्त्रालयको तथ्यांक छ ।
आर्थिक मन्दीका कारण व्यवसायिक संस्थाको नाफामा आएको गिरावटले पछिल्लो समय आयकरमा निराशा देखिँदै आएको छ । चाडवाड आएँसँगै आयात र उपभोगमा भएको वृद्धिसँगै आयकरलाई अन्य अप्रत्यक्ष करमा सुधार हुँदा राजस्व संकलन घट्न पाएको थिएन । अब भने आयातमा आधारित राजस्व समेत घट्न पुग्दा थप निराशा देखिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा प्रतिपक्षले भन्यो, ‘नयाँ नीति तथा कार्यक्रम विगतकै कपी एन्ड पेस्ट’
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण