झापामा फरार २ जना थुनुवा पक्राउ
सोमबार, ०१ मङ्सिर २०८२, १६ : ०३
सारांश
- झापामा जेनजी आन्दोलनका क्रममा फरार भएका २ जना थुनुवा पक्राउ परेका छन्।
- इलाका प्रहरी कार्यालय झिलझिलेबाट म्याद थप गरी अनुसन्धानमा राखिएका उनीहरू भदौ २४ गते हिरासतबाट भागेका थिए।
- लागूऔषध मुद्दामा थुनामा रहेका शिवसताक्षीका राजेन्द्र ताजपुरिया र ननकिशोर साह पक्राउ परेका हुन्।
झापा । जेनजी आन्दोलनका क्रममा फरार भएका २ जना थुनुवा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय झिलझिलेबाट म्याद थप गरी अनुसन्धानमा राखिएका २ जना थुनुवा पक्राउ परेका हुन् । उनीहरू जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते हिरासतबाट फरार भएका थिए ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार लागूऔषध मुद्दामा थुनामा रहेर अनुसन्धान भइरहेका शिवसताक्षी नगरपालिका–४ का २९ वर्षीय राजेन्द्र ताजपुरिया र सोही मुद्दाका ४० वर्षीय ननकिशोर साह फरार भएका थिए ।
इलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले उनीहरूकै घरबाट पक्राउ गरी पुनः हिरासतमा ल्याएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण