बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

अहिलेको सरकारले चुनाव गराउन सक्दैन : महासचिव पोखरेल

सोमबार, ०१ मङ्सिर २०८२, १८ : ०९
सोमबार, ०१ मङ्सिर २०८२

बुटवल । नेकपा एमालेका महासचिव शङ्कर पोखरले वर्तमान असंवैधानिक सरकारले निर्वाचन गराउन नसक्ने बताएका छन् । 

सोमबार बुटवल प्रेस चौतारी रुपन्देहीसँग पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेले  अहिले सरकारले निर्वाचन गराउन नसक्ने अवस्था भएकाले नहुने निर्वाचनको पैरवी एमालेले  नगर्ने बताएका छन् । 

उनले अहिले निर्वाचन आयोग केही काम गरे पनि सरकारले अन्य विभिन्न कारणले गर्दा अहिलेको सरकारले निर्वाचन गराउन नसक्ने बताए । 

उनले अवैधानिक सरकारले निर्वाचन गराउन सक्ने भएको अहिले बनेको असंवैधानिक सरकारले निर्वाचन गराउन नसक्ने  भएकोले एमाले वैधानिक बाटो जानको विकल्प दिएको बताए । उनले संसद् भित्र बाट संविधान विकल्प दिन सकिने बताए । 

उनले संविधान संशोधन ,कानुन संशोधन हुँदा राजनीति दलहरूको सहमति हुनुपर्नेमा अहिले सरकारले दलहरू कुरा सुन्न नचाएको बताए । 

उनले सरकारले राष्ट्रिय राजनीति निकै चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख जेनजी आन्दोलनको नाम विदेशी शक्तिको चलखेल भएको स्पष्ट रहेको बताउँदै त्यसका नेपाली नागरिकहरूलाई नै आगजनी तथा तोडफोड प्रयोग भएको बताए ।  

उनले पत्रकारले सोधेको प्रश्नमा पूँजीवादीहरु आफूले भनेको नमान्ने सरकारले असफल बनाउन लागेको उल्लेख  सोही क्रममा पनि नेपाल  यस्तो घटना भएको बताए ।

उनले षड्यन्त्रकारीहरुले  गरेका गतिविधिमा सामान्य रूपमा त्यो बेलाको सरकार थाहा भए पनि आफ्नै नागरिकले देश जलाउन् भन्ने विश्वास नलाग्दा यस्तो  घटना भएको बताए । 

उनले एमालेको नेतृत्व माथि जुन प्रकारको षड्यन्त्रणकारीहरुको प्रहार भइरहेको बेला पार्टी स्वाभाविक रूपमा एकताबद्ध हुनुपर्ने बताए ।

गत भदौ २३ र २४ गते विध्वंस गतिविधि हुँदा मुलुक १० वर्ष पछाडि परेको बताए । उनले जेनजी आन्दोलनमा दुई वटा मात्र रहेको उल्लेख गर्दे ती मागहरू लोकतान्त्रिक विधिबाट पुरा गर्न सकिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप