नेपाल बैंकको ८९ औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न
नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ८९औँ वार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न गरेको छ ।
वि.सं.१९९४ साल कार्तिक ३० गते स्थापना भएको नेपाल बैंक लिमिटेडले आइतबार आफ्नो ८८ औँ वर्ष पूरा गरी ८९ औँ वर्षमा प्रवेश गरेको अवसरमा प्रधान कार्यालयको प्राङ्गणमा आयोजित वार्षिकोत्सव समारोहको अध्यक्षता बैंकका सञ्चालक समितिका अध्यक्ष प्रा. डा. डिल्लीराज शर्माले गरेका थिए ।
नेपालभर २३१ शाखा, २३७ एटिएम साथै ६१ वटा एक्टेन्सन काउन्टरको सञ्जाल मार्फत करिब २७ लाख ग्राहकहरूलाई वित्तीय सेवा पुर्याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिंङ प्रविधि मार्फत बैकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ ।
करिब १० लाख ग्राहकहरूले डिजिटल प्रविधि मार्फत बैंकिंङ सेवा लिई लाभान्वित भएका छन् । विगत केही वर्षयता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्ति मार्फत नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
उक्त वार्षिकोत्सव कार्यक्रममा २५ वर्ष अटुट सेवा गर्ने ३ जना, २० वर्ष सेवा गर्ने ५३ जना कर्मचारीहरूलाई पदक तथा प्रशंसापत्र प्रदान गरिएको थियो ।
त्यसैगरी सुरक्षास्थितिको प्रतिकूल अवस्थामा पनि बैंकको सुरक्षा मजबुत गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने गौरादह शाखा र नयाँ बानेश्वर शाखाका सुरक्षकहरुलाई पुरस्कृत गरिएको थियो । उक्त कार्यक्रममा प्रादेशिक तथा भौगोलिक वर्गगत रूपमा उत्कृष्ट उपलब्धि हासिल गरेका १२ शाखालाई समेत पुरस्कृत गरिएको थियो ।
सभाका अध्यक्ष शर्माले बैंकमा कर्मचारी वर्गलाई आगामी दिनमा अझ सशक्त रूपमा अघि बढ्न आग्रह गर्दै सबैले आ–आफ्ना अधिकार क्षेत्रभित्र रहेर उच्च मनोबल तथा इमानदारीकासाथ कार्यक्षेत्रमा लाग्न प्रेरित गर्नुभयो र बैंक व्यवस्थापनलाई सञ्चालक समितिको सदैव साथ रहने विश्वास समेत दिलाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
-
भोलि देशभर ओपीडी बन्द गर्ने नेपाल चिकित्सक संघको घोषणा
-
नियमकीय गुणस्तर सुधार गर्दै पूँजीबजार विकासका लागि धितोपत्र बोर्डले काम गर्नुपर्छ: अर्थमन्त्री
-
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न राप्रपा सांसद ओलीको माग
-
ललितपुरमा एसओएस बालग्रामको जिप दुर्घटनाः चालकको मृत्यु, पाँच जना घाइते
-
रोमाञ्चक खेलमा नेपाल नामिबियासँग ३ रनले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण