जनकपुर र मलङ्गवामा सर्वाधिक कर तिर्ने सहकारी तथा उद्योग सम्मानित
सारांश
- जनकपुर करदाता सेवा कार्यालयले सगुन बचत तथा ऋण सहकारी संस्थालाई सर्वाधिक आयकर दाखिला गरेबापत सम्मान गरेको छ।
- सगुन सहकारीले आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा बढी आयकर दाखिला गरेको थियो र यसअघि प्रदेश सरकारबाट पनि सम्मानित भइसकेको छ।
- करदाता सेवा कार्यालय मलङ्गवाले नेपाल भेनियर (प्लाई उद्योग) लाई पनि सम्मान गरेको छ।
जनकपुरधाम । जनकपुर करदाता सेवा कार्यालयअन्तर्गत सबैभन्दा बढी आयकर बुझाउने सगुन बचत तथा ऋण सहकारी संस्था, हरिवनलाई आज सम्मान गरिएको छ ।
१४औँ राष्ट्रिय कर दिवसका अवसरमा करदाता सेवा कार्यालय जनकपुरले आर्थिक वर्ष २०८०/८१ मा कार्यक्षेत्रभित्रका करदातामध्ये सर्वाधिक आयकर दाखिला गरेको आधारमा सगुन सहकारीलाई सम्मान गरेको हो।
कार्यालयका प्रमुख एवं कर अधिकृत विकास कुमारका अनुसार सहकारीले निरन्तर जिम्मेवार करदाता बन्दै आएकाले सम्मान गरिएको हो ।
करदाता सेवा कार्यालयले प्रदान गरेको सम्मानपत्र सुशीलाकुमारी कटुवाल (सञ्चालक समिति सदस्य) र निरोजकुमार दाहाल (सूचना अधिकारी) ले ग्रहण गरेका सहकारीका व्यवस्थापक रवीन्द्र रानाले जानकारी दिए ।
सगुन सहकारीले मधेस प्रदेशमै उत्कृष्ट कारोबार गर्ने सहकारीका रूपमा पहिचान बनाएको छ । यसअघि नै प्रदेश सरकारले पनि संस्थालाई प्रदेशको उत्कृष्ट सहकारीको रूपमा सम्मान गरिसकेको छ । त्यस्तै, करदाता सेवा कार्यालय मलङ्गवाले भने आफ्नो कार्यक्षेत्रमा सबैभन्दा बढी आयकर दाखिला गर्ने नेपाल भेनियर (प्लाई उद्योग), मलङ्गवालाई सम्मान गरेको छ । उक्त उद्योगका सञ्चालक तथा मलङ्गवा–४ निवासी नागेश्वर रायलाई कार्यालयकी प्रमुख रास्तीकुमारी यादव लगायतको टोलीले सम्मान–पत्र प्रदान गरेको हो ।
सर्लाहीमा रहेका दुई करदाता सेवा कार्यालयमध्ये जनकपुर कार्यालयले लालबन्दी, हरिवन, ईश्वरपुर, हरिपुर, बागमती र बरहथवा गरी छ वटा पालिका तथा मलङ्गवा कार्यालयले बाँकी १४ पालिकाका उद्योगी–व्यवसायी तथा करदातालाई सेवा प्रदान गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने
-
डेरी क्षेत्रको विकासका लागि पाँच वर्षीय रणनीतिक योजना बनाइने, सरकारसँग नीतिगत सुधारको माग
-
विधानको बाधा अड्काउ फुकाएर केन्द्रीय समिति समायोजनमा मिलेन कुरा
-
ई–भोटिङ मेसिनमाथि प्रश्न उठेपछि राम लक्ष्मणको ५ बुँदे प्रष्टीकरण
-
विमानस्थलबाट अवैध गुट्खासहित पाकिस्तानी नागरिक पक्राउ
-
सुदूरपश्चिम स्पोर्टस अवार्ड : वर्ष युवा खेलाडीको उपाधि विक्रमनाथलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण