काठमाडौँ । विराटनगर किङ्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा विजयी सुरुवात गरेको छ । मंगलबार भएको खेलमा विराटनगरले पोखरा एभेन्जर्समाथि ५३ रनको जित निकालेको हो ।
त्रिवि क्रिकेट मैदानमा विराटनगरले दिएको २२१ रनको लक्ष्य पछ्याएको पोखराले १८ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १६७ रन बनायो ।
पोखराका लागि कप्तान कुशल भुर्तेलले ५९ रनको अर्धशतकीय पारी खेले । उनले ३१ बलमा ५ चौका र ४ छक्का प्रहार गरे ।
पोखराका लागि एडम रोसिन्टनले ३९ रन बनाउँदा डान डाउथवेडले २९ रनको योगदान गरे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित ओभरमा २२० रनको विशाल स्कोर खडा गरेको थियो । यो कुनै पनि टोलीले एनपीएलमा बनाएको सबैभन्दा ठुलो स्कोर हो ।
विराटनगरको ब्याटिङले मैदानमा आक्रामक प्रदर्शन गर्यो । टोलीका ब्याटरहरूले उत्कृष्ट तालमेलका साथ छिटो रन बटुल्दै पोखरा एभेन्जर्सका बलरहरूलाई दबाबमा राखेका थिए ।
आजको खेलमा ओपनर लोकेश बम र मार्टिल गप्टिल चम्किए । यी दुईले आक्रामक पारी खेले । बमले ४८ बलमा ७ छक्का र एक चौका सहित ७२ रन बनाए भने गप्टिलले ३५ बलमा ३ चौका र ५ छक्का सहित ६१ रन बनाए ।
यस्तै शुभमन रन्जनेले १६ बलमा ३८ रन, बसिर अहमनले १३ बलमा २३ र ओपनर जर्ज मुन्सेले ६ बलमा १० रन र नारायण जोशीले ११ रन बनाए । पोखराका लागि म्याट टेलर ४ ओभरमा २ विकेट लिँदा ४८ रन खर्चिए । यस्तै सागर ढकाल र कुशल भुर्तेल र आकाश चन्दले एक एक विकेट लिए ।
काठमाडौँ । विराटनगर किङ्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा विजयी सुरुवात गरेको छ । मंगलबार भएको खेलमा विराटनगरले पोखरा एभेन्जर्समाथि ५३ रनको जित निकालेको हो ।
त्रिवि क्रिकेट मैदानमा विराटनगरले दिएको २२१ रनको लक्ष्य पछ्याएको पोखराले १८ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १६७ रन बनायो ।
पोखराका लागि कप्तान कुशल भुर्तेलले ५९ रनको अर्धशतकीय पारी खेले । उनले ३१ बलमा ५ चौका र ४ छक्का प्रहार गरे ।
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा ओपनर लोकेश बम र स्टार ब्याटर मार्टिन गप्टिलले आक्रामक पारी खोल्दा विराटनगर किङ्सले पोखरा एभेन्जर्सलाई विशाल लक्ष्य दिएको छ । विराटनगरले ६ विकेटको क्षतिमा २२० रन बनाउन सक्यो ।
बमले ४८ बलमा ७ छक्का र एक चौकासहित ७२ रन बनाए भने गप्टिलले ३५ बलमा ३ चौका र ५ छक्कासहित ६१ रन बनाए ।
यस्तै शुभमन रन्जनेले १६ बलमा ३८ रन, बसिर अहमनले १३ बलमा २३ र ओपनर जर्ज मुन्सेले ६ बलमा १० रन र नारायण जोशीले ११ रन बनाए ।
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगअन्तर्गत मंगलबारको दोस्रो खेलमा विराटनगर किंग्सका मार्टिन गप्टिलले पोखरा एभेन्जर्स विरुद्ध अर्धशतक बनाएका छन् ।
३९ वर्षीय गप्टिलले २८ बलमा अर्धशतक बनाएका हुन् । त्यस क्रममा उनले चार छक्का र तीन चौका जोडे । विराटनरले टस हारेर सुरुमा ब्याटिङ गरिरहेको छ । विराटनगरका ओपनर जर्ज मुन्से ६ बलमा १० रन बनाएर आउट भए ।
म्याटको बलमा किरण ठगुन्नाले मुन्सेलाई क्याच आउट गराएका थिए । मुन्सेले ६ बलमा एक चौक र एक छक्का हाने ।
काठमाडौँ । पोखरा एभेन्जर्सविरुद्ध सुरुमा ब्याटिङ गरेको विराटनगर किंग्सले दोस्रो ओभरमै पहिलो विकेट गुमाएको छ ।
विराटनगरका ओपनर जर्ज मुन्से ६ बलमा १० रन बनाएर आउट भए ।
म्याटको बलमा किरण ठगुन्नाले मुन्सेलाई क्याच आउट गराए । मुन्सेले ६ बलमा एक चौक र एक छक्का हाने । विराटनगरले तीन ओभरमा १६ रन बनाएर खेलिरहेको छ । क्रिजमा मार्टिन गुप्टिल र लोकेश बम छन् ।
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सले विराटनगर किङ्स विरुद्ध टस जितेको छ । टस जितेर पोखराले पहिले बलिङ गर्ने निर्णय गरेको छ भने विराटनगरलाई ब्याटिङको निम्तो दिएको छ ।
पोखरामा राष्ट्रिय टोलीका नियमित खेलाडी कुशल भुर्तेलको कप्तानी रहेको छ भने विराटनगरमा सन्दीप लामिछानेको कप्तानी रहेको छ ।