‘रामायण’ पछि भारतको दोस्रो महँगो फिल्म बन्यो महेश बाबुको ‘वाराणसी’
काठमाडौँ । नोभेम्बर १५ मा भारतीय फिल्ममेकर एसएस राजामौलीले आफ्नो अर्को फिल्म वाराणसीको टिजर र टाइटल रिलिज गरे ।
बजारमा यो फिल्मको टिजरबारे निकै चर्चा भइरहेको छ । राजामौलीले फिल्मको लन्च कार्यक्रममा मात्रै १५ देखि २० करोड रुपैयाँ खर्च गरेको समाचार आएको छ ।
त्यसो भए उनले ‘वाराणसी’ बनाउन कति खर्च गरे ? केही भारतीय सञ्चार माध्यमले यो फिल्म १३ सय करोड भारुको ठुलो बजेटमा बनेको दाबी गर्दै समाचार छापेका छन् । यसो हो भने वारणासी नितेश तिवारीको रामायणपछिको सबैभन्दा महँगो फिल्म बन्नेछ । ‘रामायण’का निर्माता नमित मल्होत्राले आफ्नो फिल्म ४ हजार करोडमा बनिरहेको बताएका छन् । तर यो फिल्मको दुवै पार्टको बजेट हो ।
यसअघि ६ सय करोडमा ‘वाराणसी’ बन्ने चर्चा थियो । अब यो फिल्मको लागत ६००–८०० करोड नभएर १३०० करोड भारु रहेको खबर आएको छ ।
बलिउड हंगामाले स्रोतलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ, ‘एसएस राजामौलीको भिजनलाई पर्दामा ल्याउन १३०० करोड रुपैयाँ एकदमै सानो रकम हो । एकातिर १५०० देखि २००० करोडको बजेटमा एसिक्स र रामायण जस्ता फिल्महरू बनिरहेका छन् भने अर्कोतिर राजामौलीले यी दुईभन्दा पनि कम बजेटमा भव्य देखिने फिल्म बनाइरहेका छन् ।’
‘राजामौली भारतीय सिनेमाका सबैभन्दा व्यवस्थित निर्देशकहरूमध्ये एक हुन् । उनले कागजमा सबै दृश्यहरू डिजाइन गरिसकेका छन् र अहिले सुटिङ मात्र गरिरहेका छन् । सेटमा समय र पैसा बर्बाद गरेर निर्णय गर्ने मान्छे उनी होइनन् । उनले सबै योजना बनाइसकेका छन् । त्यसपछि सुटिङ गर्नेछन् । यसो गर्दा निर्माताहरूको पैसा बच्छ । तर यो फिल्म भारतमा बनेको अन्य प्रोजेक्ट भन्दा ठुलो र भव्य हुनेछ ।’ समाचारमा भनिएको छ ।
‘वाराणसी’ भारतको सबैभन्दा महँगो फिल्म मध्ये एक हो । फिल्मको निर्माण लागत मात्रै १३०० करोड भारु छ । यसमा फिल्मको प्रचार र प्रवर्द्धनमा खर्च भएको रकम समावेश हुने छैन । सबै कुरा जोड्दा बजेट १५०० करोड भारु हुन्छ ।
नितेश तिवारीको ‘रामायण’ ४ हजार करोडको बजेटमा बनिरहेको छ । यो रकम दुई भागमा बाँडिनेछ । जहाँ अल्लु अर्जुन–एटलीको लागत ८०० करोड भन्दा माथि रहेको बताइएको छ । तर, ‘रामायण’ बाहेक अन्य कुनै पनि फिल्मका निर्माताले आफ्नो फिल्मको बजेट आधिकारिक रूपमा खुलाएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण