ह्वाइट हाउसले ह्युन्डाईसँग माग्यो माफी
सारांश
- ह्वाइट हाउसले ह्युन्डाई कम्पनीसँग माफी मागेको छ, जर्जियामा अवैध कामदार पक्राउ परेको घटनामा।
- जर्जियाका गभर्नरले घटना आफ्नो क्षेत्राधिकारमा नपरेको बताएका थिए, जसले दुई देशबीचको सम्बन्धमा तनाव सिर्जना गर्यो।
- सेप्टेम्बरमा भएको छापामा ३०० भन्दा बढी कामदार पक्राउ परेका थिए र यस घटनाले दक्षिण कोरियालीहरूमा आक्रोश पैदा गर्यो।
वासिङटन डीसी । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले दक्षिण कोरियाली अटो निर्माता कम्पनी ह्युन्डाईसँग माफी मागेको छ । जर्जिया राज्यमा रहेको हयुन्डाईको एउटा कारखानामा अवैध कामदारलाई राखेको मामिलामा अध्यागमनको व्यापक छापामारीको घटनामा ह्वाइट हाउसले फोन गरेर आफूसँग माफी मागेको कम्पनीका प्रमुख कार्यकारी जोस होसे मुन्योफले बुधबार भनेका हुन् ।
जर्जियाका गभर्नरले पनि आफूलाई फोन गरेर ‘के भयो भने थाहा नभएको र सो कुरा आफ्नो क्षेत्राधिकारमा नपरेको’ बताएको सिंगापुरमा एउटा व्यापार सम्मेलनमा बोल्ने क्रममा उनले भनेका थिए ।
सेप्टेम्बरमा ह्यूण्डाई र एलजीको संयुक्त ब्याट्री कारखानामा छापा मारेर ३०० भन्दा धेरैलाई पक्राउ गरिएको थियो । यस घटनापछि अमेरिका र दक्षिण कोरियाबिच तनाव बढेको थियो । छापा मार्ने क्रममा कामदारलाई कारखानाको भुइँमा जर्बजस्ती बसालेर उनीहरूको हात खुट्टा बाँधिएको दृश्यले दक्षिण कोरियालीहरू आक्रोशित बनेका थिए ।
दक्षिण कोरियाले अमेरिकासँग यस मामिलामा कुरा गरिरहँदा एक हप्ताभन्दा धेरै समय ती कामदारलाई हिरासतमा राखिएको थियो । अमेरिकामा उत्पादनका लागि प्रतिबद्ध कम्पनीका लागि सो घटना ‘ब्याड सप्राइज’ भएको मुन्योफले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण