अपडेट
मन्त्रिपरिषद् बैठकका २५ निर्णय सार्वजनिक (पूर्णपाठसहित)
बुधबार, ०३ मङ्सिर २०८२, २० : ००
सारांश
- मंगलबार बसेको मन्त्रिपरिषद्ले गरेका २५ निर्णय बुधबार सार्वजनिक गरियो।
- सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा कल्पना कुमारी श्रेष्ठ नियुक्त।
- नेपाल एयरलाइन्सको कार्यकारी सञ्चालकमा अमृतमान श्रेष्ठ र सेनाका दुई महासेनानी सहायक रथीमा बढुवा गरियो।
काठमाडौँ । मंगलबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गरिएको छ । बुधबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले मन्त्रिपरिषद्ले गरेका २५ निर्णय सार्वजनिक गरेका हुन् ।
निर्णयअनुसार सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा कल्पना कुमारी श्रेष्ठलाई तोकिएको छ । यस्तै नयाँ व्यवस्था नहुँदासम्म नेपाल एयरलाइन्सको कार्यकारी सञ्चालकमा अमृतमान श्रेष्ठलाई नियुक्त गर्ने, नेपाली सेनाका दुई तथा महासेनानीलाई सहायक रथीमा बढुवा गर्ने, सशस्त्र प्रहरी नियमावली स्वीकृति गर्ने, राष्ट्रपतिसमक्ष अध्यादेश स्वीकृति गर्ने निर्णय भएको खरेलले बताए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण