एनपीएलका दर्शकलाई निःशुल्क बस सेवा, यी रुटमा चल्नेछन् सवारी
सारांश
- त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा एनपीएल हेरेर फर्किने दर्शकका लागि निःशुल्क बस सेवा सुरु गरिएको छ।
- युवा तथा खेलकुद मन्त्रालय र क्यानको संयुक्त पहलमा यो सुविधा सञ्चालनमा ल्याइएको हो।
- यो सेवा साँझ घर फर्कन समस्या हुने महिला, वृद्ध र अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरिएको छ।
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (टीयू) क्रिकेट मैदानमा जारी एनपीएल प्रतियोगिता हेरेर फर्किने दर्शकहरूका लागि निःशुल्क बस सेवा सुरु गरिएको छ । युवा तथा खेलकुद मन्त्रालय र नेपाल क्रिकेट संघ (क्यान) को संयुक्त पहलमा यो सुविधा सञ्चालनमा ल्याइएको हो ।
युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आफ्नो निजी सवारी साधन नभएका दर्शकहरूलाई लक्षित गरी मन्त्रालय र क्यानको विशेष पहलमा यो सेवा सुरु गरिएको बताए । यसबाट साँझको समयमा घर फर्कन असहज हुने महिला, वृद्ध, र अशक्त (अपाङ्गता भएका) व्यक्तिहरूलाई ठुलो राहत मिल्ने विश्वास गरिएको उनको भनाइ छ ।
निःशुल्क बस सेवाको सञ्चालनमा मुस्कान ट्राभल्सले सहकार्य गरेको छ। यो सेवा बुधबारदेखि खेल अवधिसम्म लागु हुनेछ। दर्शकहरूको सुविधालाई मध्यनजर गर्दै बसहरू हरेक बेलुकी ६ बजेदेखि ८ बजेसम्म उपलब्ध हुने जनाइएको छ ।
यी हुन् निःशुल्क बस सेवाका रुटहरूः
रुट १ः टीयू गेट – स्वयम्भू – बालाजु
रुट २ः टीयू गेट – स्वयम्भू – बालाजु – महाराजगञ्ज
रुट ३ः टीयू गेट – बल्खु – कालिमाटी – थापाथली – बानेश्वर – तीनकुने – गौशाला – चाबहिल
रुट ४ः टीयू गेट – बल्खु – सातदोबाटो – कोटेश्वर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण