राठीको नेतृत्वमा नेपाल–बेलायत उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयन
सारांश
- नेपाल-बेलायत उद्योग वाणिज्य संघको नयाँ कार्यकारिणी समिति चयन भएको छ ।
- काठमाडौँमा सम्पन्न साधारणसभाले नयाँ नेतृत्व चयन गर्यो, जसमा डा. रोशन राठी अध्यक्ष चयन भए ।
- नवनिर्वाचित अध्यक्ष राठीले नेपाल र बेलायतबीचको व्यापार प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाए ।
काठमाडौँ । नेपाल–बेलायत उद्योग वाणिज्य संघको असाधारण साधारणसभाले आगामी तीन वर्षका लागि नयाँ कार्यकारिणी समिति चयन गरेको छ ।
हालै काठमाडौँमा सम्पन्न सभाले नेपालको निजी क्षेत्र, बैंकिङ र उद्योग व्यापारका प्रतिनिधिहरूको उपस्थितिमा नयाँ नेतृत्व चुनेको हो ।
सभाको अध्यक्षता गर्दै निवर्तमान अध्यक्ष श्री राजेन्द्र कुमार खेतानले द्विपक्षीय आर्थिक सहकार्य सुदृढ गर्ने नयाँ लक्ष्य र आगामी योजनाबारे प्रकाश पारे । दीर्घकालीन योगदानको कदर गर्दै 'प्रेसिडेन्ट इमेरुटस्' पदवी सम्मानपूर्वक प्रदान गरिएको थियो ।
साधारणसभाबाट सर्वसम्मतिले नयाँ कार्यकारिणी समितिलाई अनुमोदन गर्यो । डा. रोशन राठी (अध्यक्ष), पियुष राज अर्याल (उपाध्यक्ष), विद्यावरिदि सिग्देल (कोषाध्यक्ष), सरद बञ्जारा (महासचिव), गोविन्द शाही (उप–महासचिव)।
यस्तै, येमी कार्की, शिव प्रकाश खेम्का र नीलु बस्न्यात कार्यकारिणी सदस्यमा निर्वाचित भए भने राजेन्द्र कुमार खेतान निर्वतमान अध्यक्ष भए ।
नवनिर्वाचित अध्यक्ष डा. राठीले नेपाल र बेलायतबिचको व्यापार प्रवर्द्धन, बजार पहुँच र लगानी प्रोत्साहनका लागि प्रतिबद्धता व्यक्त गरे । सन् १९९५ मा स्थापित नेपाल–बेलायत उद्योग वाणिज्य संघले दुई देशबिच व्यापार, लगानी र आर्थिक सहकार्य प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण