मनाङमा सशस्त्र प्रहरीको स्वास्थ्य शिविर
बिहीबार, ०४ मङ्सिर २०८२, १० : ०६
सारांश
- मनाङको ङिस्याङ गाउँपालिकास्थित हुम्डे स्वास्थ्य चौकीमा एक दिने स्वास्थ्य शिविर सञ्चालन भयो।
- सशस्त्र प्रहरी बल र गाउँपालिकाको सहकार्यमा शिविर सञ्चालन गरिएको थियो, जसमा ५६ जनाको स्वास्थ्य जाँच भयो।
- शिविरमा सशस्त्र प्रहरी कर्मचारीहरूको रोग परीक्षण कार्यक्रम पनि सञ्चालन गरियो।
काठमाडौँ । मनाङको ङिस्याङ गाउँपालिकास्थित हुम्डे स्वास्थ्य चौकीमा एक दिने स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरिएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्यालय मातहत मुक्तिनाथ फिल्ड अस्पताल र सोही गाउँपालिकाको सहकार्यमा सञ्चालन गरिएको उक्त स्वास्थ्य शिविर कार्यक्रममा अस्पतालका चिकित्सकहरूद्वारा करिब ५६ जना स्थानीय बासिन्दाहरूको स्वास्थ्य जाँच गरिएको थियो ।
साथै अस्पतालका चिकित्सकहरूले पर्वतीय उद्धार तालिम शिक्षालय मनाङमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरुको रोग परीक्षण कार्यक्रम समेत सञ्चालन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण