एपस्टाइन फाइल सार्वजनिक गर्ने विधेयकमा ट्रम्पले गरे हस्ताक्षर
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेफ्री एपस्टाइनसँग सम्बन्धित सबै फाइलहरू सार्वजनिक गर्ने आदेश दिएका छन्।
- विधेयकले न्याय मन्त्रालयलाई ३० दिनभित्र एपस्टाइन प्रकरणको अनुसन्धानसम्बन्धी जानकारी खोज्न र जारी गर्न निर्देशन दिएको छ।
- ट्रम्पले सुरुमा फाइल सार्वजनिक गर्न विरोध गरे पनि पछि पीडित र पार्टी सदस्यहरूको आग्रहमा निर्णय परिवर्तन गरे।
वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेफ्री एपस्टाइनसँग सम्बन्धित सबै फाइलहरू सार्वजनिक गर्ने आदेशसहितको विधेयकमा हस्ताक्षर गरेका छन् । ट्रम्प आफैँले यसको जानकारी दिएका हुन् ।
विधेयकले न्याय मन्त्रालयलाई जेफ्री एपस्टाइन प्रकरणको अनुसन्धानसँग सम्बन्धित जानकारी ३० दिनभित्र खोज्न र डाउनलोड गर्न सकिने ढाँचामा जारी गर्न भनेको छ । यौन दुर्व्यवहारको दोषी ठहरिएका जेफ्री एपस्टाइनको २०१९ मा जेलभित्र मृत्यु भएको थियो ।
ट्रम्पले पहिले यी फाइलहरू सार्वजनिक गर्ने कुराको विरोध गरेका थिए । तर एपस्टाइन मुद्दाका पीडितहरू र आफ्नै रिपब्लिकन पार्टीका सदस्यहरूको आपत्तिपछि उनले गत हप्ता आफ्नो निर्णय उल्टाए । ट्रम्पले आफ्नो पार्टीका सांसदहरूलाई जेफ्री एपस्टाइन प्रकरणसँग सम्बन्धित फाइलहरू सार्वजनिक गर्ने पक्षमा मतदान गर्न आग्रह गरेका थिए । आफूहरूसँग लुकाउनका लागि केही नभएकोले प्रतिनिधि सभामा रिपब्लिकनहरूले प्रकरणसँग सम्बन्धित फाइलहरू सार्वजनिक गर्ने पक्षमा मतदान गर्नु पर्ने उनको भनाइ थियो ।
मंगलबार विधेयक कांग्रेसका दुवै सदन, प्रतिनिधि सभा र सिनेटबाट पारित भयो । प्रतिनिधि सभाले फाइलहरू सार्वजनिक गर्ने पक्षमा ४२७–१ मतले मतदान गर्यो र सिनेटले औपचारिक मतदान बिना नै यसलाई सर्वसम्मतिले पारित गर्यो ।
डेमोक्र्याटहरूलाई आफ्नो प्रशासनको सफलताबाट ध्यान मोड्न यो मुद्दा उठाएको आरोप बुधबार ट्रुथ सोशलमा प्रकाशित एक पोस्टमा ट्रम्पले लगाए । डेमोक्रेट केही चर्चित अनुहारको पनि एपस्टाइनसँग सम्बन्ध रहेको आरोप पनि उनको थियो ।
हालै अमेरिकी सदनको हाउस ओभरसाइट कमिटीले सो प्रकरणसँग सम्बन्धित २० हजारभन्दा बढी पृष्ठका कागजातहरू जारी गरेको थियो । यीमध्ये केहीमा ट्रम्प पनि नाम छ । ट्रम्प र एपस्टाइनको धेरै वर्षदेखि मैत्रीपूर्ण सम्बन्ध थियो । तर २००० को दशकको सुरुमा आफूले एपस्टाइनसँगको सम्बन्ध तोडेको ट्रम्पले बताउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण