रवि र छविको मुद्दामा बहस स्थगित
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र छविलाल जोशीको मुद्दा उच्च अदालत बुटवलमा स्थगित भयो।
- न्यायाधीश मिलन कुमार राई र सानुमाया डङ्गोलको इजलासमा परेको मुद्दामा रविको पक्षका वकिलले निवेदन दिएका थिए।
- यसअघि, सहकारी ठगी मुद्दामा थुनामा रहेका लामिछानेले बिगो रकम दाखिला गरे पनि रिहाइ हुन सकेन।
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डीआइजी एवम् तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दा उच्च अदालत बुटवलको ३ नम्बर इजलास पेसी तोकिए पनि स्थगित गरिएको छ।
न्यायाधीश मिलन कुमार राई र सानुमाया डङ्गोलको संयुक्त इजलासमा परेको मुद्दामा रविको पक्षका कानुनी व्यवसायीले निवेदन दिएपछि स्थगित भएको हो ।
उच्च अदालत बुटवलका उपरजिस्टार यज्ञ मूर्ति ज्ञवालीले गोलाप्रथाबाट ३ नम्बर इजलासको परे पनि रविको पक्षबाट निवेदन आएपछि स्थगित गरेको रातोपाटीलाई बताए ।
यस अघि गत हप्ता सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका उनीहरूको गत हप्ता मुद्दाको मूल मिसिल झिकाउनका लागि उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीशद्वय वासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासले आदेश दिएको थियो ।
बुटवलस्थित सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा भएको अपचलनको आफ्नो हिस्साको बिगो रकम दाखिला गरे पनि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते रिहा गर्न अस्वीकार गरेको थियो ।जिल्लाको आदेशविरुद्ध लामिछानेले भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।अदालतले लामिछाने र जोशीको मुद्दा एउटै साथ हेर्न यसअघि नै आदेश दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण