बन्द भए काठमाडौँ उपत्यकाका २५ ट्राफिक लाइट
काठमाडौँ । काठमाडौँ उपत्यकामा बढ्दो सवारी चापलाई व्यवस्थित गर्न जडान गरिएका ट्राफिक लाइटहरूमध्ये झन्डै आधा बन्द अवस्थामा रहेको पाइएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको सचिवालयले दिएको जानकारी अनुसार, उपत्यकाका विभिन्न ५४ स्थानमा ट्राफिक लाइट जडान गरिएको भए पनि हाल २५ स्थानका लाइटले काम गर्न छाडेका छन् ।
उपत्यकामा ट्राफिक जामको समस्या विकराल बन्दै जाँदा प्रविधिमैत्री ट्राफिक व्यवस्थापनका लागि यी बत्तीहरू जडान गरिएका थिए । तर, हाल मात्र २९ स्थानका लाइटहरू सञ्चालनमा छन् भने २५ स्थानमा लाइट बिग्रिएर ट्राफिक व्यवस्थापनमा पुनः जनशक्तिको भर पर्नुपर्ने अवस्था आएको छ ।
सचिवालयका अनुसार मुख्य चोकहरू त्रिुपरेश्वर, जय नेपाल (नाग पोखरी), परोपकार २, पद्मोदय १ र २, ठिमी, भाटभटेनी (राधेराधे), त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, कमलपोखरी, टुकुचा, नागस्थान, टेकु, केशरमल, दरबारमार्ग, सिभिल हस्पिटल, जडिबुटी, सल्लाघारी, कालीमाटी २ मा ट्राफिक लाइटले काम गएका छैनन् ।
यसैगरी सवारी चाप धेरै हुने पुतलीसडक चोकमा रहेको ट्राफिक लाइटको ‘रेड लाइट’ ले काम नगरेको जनाइएको छ । जडान भएका पूर्वाधारहरूको समयमै मर्मत सम्भार नहुँदा यात्रु र चालकले दैनिक रूपमा ट्राफिक जामको सास्ती खेप्नुपरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण