पाकिस्तानी सेनाको कारबाहीमा ३० विद्रोही लडाकूको मृत्यु
बिहीबार, ०४ मङ्सिर २०८२, १९ : ४७
सारांश
- अफगानिस्तानको सीमा क्षेत्रमा आक्रमणपछि पाकिस्तानी सेनाले कारबाही गर्दा ३० विद्रोहीको मृत्यु भयो।
- पाकिस्तानी सेनाका अनुसार मारिनेहरूमा पाकिस्तानी तालिवान र अन्य समूहका लडाकु थिए।
- पाकिस्तानले आतङ्कवादविरुद्धको कारबाही जारी राख्ने बताएको छ।
अफगानिस्तान । अफगानिस्तानको सीमा क्षेत्रमा गत साता आत्मघाती आक्रमण गरी १२ जनाको मृत्यु भएपछि पाकिस्तानी सेनाले गरेको कारबाहीमा कम्तीमा ३० विद्रोही लडाकूको मृत्यु भएको छ ।
लडाकू समूह पाकिस्तानी तालिवान र यससँग सम्बद्ध समूह रहेको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
मृतक लडाकूमध्ये २३ जनाको खैबर पख्तुनख्वा राज्यको कुराम जिल्लामा मृत्यु भएको हो भने अन्य तीन जनाको मोहमन्द, लक्की र ट्याङ्कमा मृत्यु भएको समाचारमा उल्लेख छ ।
यता पाकिस्तानले आतङ्कवादविद्धको आक्रमण जारी राख्ने जनाएको छ ।
गत महिना पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा लडाइँ भएको थियो भने तत्काल दुबै देशको सहमतिमा युद्धविराम भएको थियो तर दुई देशबीच आक्रमणलाई लिएर आरोप प्रत्यारोप भने चलिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण