खेलाडीको वृत्तिविकासका लागि एनपिएल महत्वपूर्ण: कप्तान पौडेल
सारांश
- रोहितकुमार पौडेलका अनुसार एनपिएल नेपाली खेलाडीको वृत्तिविकासका लागि महत्वपूर्ण छ ।
- उनले विदेशी खेलाडीबाट धेरै कुरा सिक्न सकिने बताए, जसले गर्दा समन्वयमा जोड दिइनेछ ।
- चितवन राइनोजका रवि बोपराले नेपालमा फ्लडलाइट र प्याराफिट बनेकामा खुसी व्यक्त गरे ।
काठमाडौँ । लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले नेपालका क्रिकेट खेलाडीको वृत्तिविकासका लागि नेपाल प्रिमियर लिग (एनपिएल) महत्वपूर्ण प्लेटफर्म भएको बताएका छन् ।
एनपिएलअन्तर्गत आज आफ्नो पहिलो खेलमा चितवन राइनोजलाई पराजित गरेपछि सञ्चारकर्मीसँग कुरा गर्ने क्रममा उनले प्रतियोगिताका कारण धेरै नेपाली खेलाडीले लाभ लिने बताए ।
कप्तान पौडेलले यो संस्करणमा जीतसँगै सुरुआत भएकाले आत्मबल बढेको उल्लेख गरे । “पहिलो खेलमा विदेशी खेलाडीले पनि राम्रो प्रदर्शन गरे, यसका लागि दुई÷तीन महिनादेखि नै काम भइरहेको थियो, स्वदेशी र विदेशी खेलाडीबीच समन्वय भएमा नतिजा सकारात्मक निस्कन्छ”, उनले भने ।
त्यसैगरी, उनले नेपालमै फ्लडलाइटमा खेल्ने सपना पनि पूरा भएको बताए । उनले भने, “फ्लडलाइटमा खेल्ने हाम्रो सपना एनपिएलमार्फत पूरा भएको छ, विदेशमा फ्लडलाइटमा खेल्न सुरुमा समस्या हुन्थ्यो, अब हामीलाई सहज हुन्छ ।”
एनपिएलमा विदेशी खेलाडी पनि रहेको र उनीहरूबाट नेपाली खेलाडीहरूले सिक्नुपर्नेमा उनले जोड दिए । उनले भने, “नेपाली खेलाडीसँग सीप छ भने विदेशी खेलाडीसँग सीप र अनुभव दुवै छ, हामीले उनीहरुबाट धेरै कुरा सिक्न सक्छौँ ।”
चितवन राइनोजका रवि बोपराले नेपालमा फ्लडलाइट र प्याराफिट बनेकामा खुसी व्यक्त गरे । इङ्गल्याणडका बोपरा पहिलो संस्करणमा पनि चितवन राइनोजबाट एनपिएल खेलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण