प्रधानमन्त्री र गृहमन्त्रीको प्रतिबद्धतापछि यादव सिंहले तोडे १० दिनदेखिको अनशन
शुक्रबार, ०५ मङ्सिर २०८२, ०९ : २८
सारांश
- यादव सिंहले माइतीघर मण्डलामा १० दिन लामो अनशन तोडेका छन्।
- प्रधानमन्त्री र गृहमन्त्रीले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि उनले अनशन तोडेका हुन्।
- उनले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई कारबाहीको माग गरेका थिए।
काठमाडौँ । माइतीघर मण्डलामा गत कात्तिक २५ गतेदेखि आमरण अनशनमा बसेका २७ वर्षीय यादव सिंहले अनशन तोडेका छन् । प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि सिंहले १० दिनसम्म चलेको अनसन तोडेका हुन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई कारबाहीसहित जेनजी आन्दोलनका सहिद परिवार र घाइतेको माग पूरा गर्नुपर्ने लगायतका ४ बुँदे माग राख्दै सिंह अनशनमा बसेका थिए ।
गृह मन्त्रालयको उपसचिव रविन्द्र आचार्य र स्वकीय सचिव धिरज जोशीको उपस्थितिमा सरकारले माग सम्बोधन गरिदिने प्रतिबद्धता पत्र लिएर आए पश्चात् देशको वर्तमान अवस्था लाई मध्य नजर गर्दै अनशन तोडेको सिंहले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण