मन्त्री घिसिङ र गुप्ताद्वारा निर्माणाधीन रामजानकी रंगशालाको निरीक्षण
सारांश
- मन्त्री कुलमान घिसिङ र बब्लु गुप्ताले जनकपुरधामस्थित निर्माणाधीन राम जानकी रङ्गशालाको निरीक्षण गरे।
- मन्त्रीहरूले रङ्गशाला निर्माण कार्य र खेल मैदानको अवस्थाबारे जानकारी लिए, र भासिएको कमला पुलको निरीक्षण गरे।
- मन्त्री घिसिङले कमला पुलको विषयमा छिट्टै निर्णय लिने बताए, पुल बनाउनुपर्नेमा जोड दिए।
धनुषा । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले जनकपुरधामस्थित निर्माणाधीन राम जानकी रङ्गशालाको निरीक्षण गरेका छन् । शुक्रबार बिहानै मन्त्रीद्वय घिसिङ र गुप्ताले रङ्गशाला पुगेर निरीक्षण गरेका हुन् ।
उनीहरुले रङ्गशाला निर्माणको कार्य रोकिनुको कारण, खेल मैदानको अवस्था लगायतका विषयमा जानकारी लिएका छन् । यसका साथै मन्त्रीहरू घिसिङ र गुप्ताले भासिएको कमला पुलको समेत निरीक्षण गर्न लागेका हुन् ।
मन्त्री घिसिङले भासिएको कमला पुलको विषयमा छिट्टै नै निर्णय लिने जानकारी दिए । उनले कमला पुलको विषयमा सञ्चारकर्मीको प्रश्नमा आफूले परिस्थिति बुझेर निर्णय गर्ने बताए । उनले कमला पुल बन्नुपर्ने पक्षमा आफूहरू रहेको समेत बताए ।
उनले भने, ‘त्यहाँको वास्तविकता बुझेर हामी थप काम अघि बढाउँछौँ । हामी के गर्ने भन्ने कुरा डिसिजन गर्छौँ । तत्काल बनाएर अघि बढ्ने वा त्यसको सबै कुरा सबै पक्ष हेर्नुपर्छ । अघि बढ्छौँ । कुनै पनि हालतमा त्यो पुल बन्नुपर्छ ।’
रङ्गशाला निरीक्षणको क्रममा मधेसको खेलकुद मन्त्रालयका सचिव रञ्जित यादव, जिल्ला क्रिकेट सङ्घका पदाधिकारी, खेलाडीहरूले त्यहाँको वस्तुस्थितिको विषयमा जानकारी गराएका थिए । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण